logo

आफनै नागरिकलाई अखाद्य दाल बितरण गरेको आरोपमा कलैया उपमहानगर प्रमुख यादव पक्राउ

      4/21/2020 गते 00 00 मा प्रकाशित     1212   पटक पढिएको

बीरगंज ९ बैशाख । 
राहतमा कुहिएको दाल बितरण गरेको आरोप लागेका कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई बारा प्रशासनले पक्राउ गरेको छ ।

 

उहाँलाई जिल्ला प्रशासन कार्यालय बारामा राखिएको  बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलले गुनासो गरेका थिए । जनताको गुनासोका आधारमा स्थानीय प्रशासनले चैत २९ गते नमुना संकलन गरि ३ सय ८० बोरा दाल शिलबन्दी गरिएको थियो । 

 


नमुना दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौमा परिक्षणकालागि पठाइएकोमा कार्यालयको प्रयोगशालाले दाल खान अयोग्य रहेको प्रमाणीत गरेपछि स्थानीय प्रशासन कार्यवाहीको दिशामा अगाडि बढेको हो ।

 

राहत बितरणमा अखाद्य दाल बितरणमा संलग्नहरुलाई कारावही माँग गर्दै उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले पनि बारा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो ।

 

राहत बितरणमा अखाद्य दालको आपूर्ती र कालो बजारी गरेको आरोपमा बारा प्रहरीले बीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पक्राउ बैशाख ७ गते पक्राउ गरेको थियो ।

 

कुहिएको दाल राहतमा बितरण गरेको आरोपमा यस अघिकलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं। ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव लाई प्रहरीले पक्राउ गरिसहेको छ ।

 

त्‍यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरेको थियो।

 

राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिनु भयो।

पक्राउ परेका वडाध्यक्षहरुले राहतकालागि पाएको दाल आफूहरुले किनेको नभइ उपमहानगरप्रमुख यादवले पेश्की स्वरुप उपलब्ध गराएका बयान दिएकोले नगर प्रमुखलाई पनि पक्राउ गरिएको स्रोतले जनाएको छ ।

 

चैत २९ गते नै प्रमुख यादवले एक बिज्ञप्ति जारी गरि अखाद्य दाल बितरणमा आफनो संलग्नता नरहेको दावी गर्नु भएको थियो । प्रमुख राय यादवलाई छोडन दवाव दिनकालागि कलैया जिल्ला प्रशासन कार्यालय तर्फ नेपाली कांग्रेसका नेताहरुको बाँक्लो उपस्थिति रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.