logo

बीरगंजको क्वारेन्टिनमा रहेका भारतीय नागरिक घर फिर्ता

      4/20/2020 गते 00 00 मा प्रकाशित     1165   पटक पढिएको

बीरगंज ७ बैशाख ।
बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका १ सय २२ भारतीय नगरिकलाई  आफन्तको जिम्मा लगाइएको छ । कोरोना भाइरसको संक्रमण समबन्धी आवश्यक चेकजाँच गरेर उनीहरुलाई आफन्तको जिम्मा लगाइएको हो । 

 


ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकाय भवनमा रहेको क्वारेन्टिनमा १४ दिन अगाडि उनीहरुलाई राखिएको थियो । लकडाउनका कारण नेपालका बिभिन्न स्थानमा रोजगारमा संलग्न उनीहरु भारत फर्किन बीरगंज आइपुगेका थिए ।

 

उनीहरु बीरगंज आइपुग्दा  दुबै देशका सरकार प्रमुखका वीचमा जो जुन देशमा छ त्यही राख्ने सहमती भइसकेको थियो ।  त्यही सहमतीका कारण भारतीय नागरिक नेपालमै रोकिएका थिए । 


क्वारेन्टाइनमा रहेका १ सय ८९ भारतियाहरु मध्ये १ सय २२ जनालाई आज स्थानीय  प्रहरी र प्रशासनको रोहबरमा आफन्तलाई जिम्मा लगाइएको हो । बाँकीका आफन्तजन नभएकाले उनीहरुलाई एमबी केडीया डेन्टल कलेजमा बनाइएको क्वारेन्टिमा सारिएको छ । 


देशका विभिन्न ठाउँमा कार्यरत मजदुरलगयातका भारतीयहरु पर्साका नाकाहरुबाट घर फिर्ता जान नपाएका उनीहरुलाई ठाकुरराम क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

 

उनीहरु सबैको  खाना र बसोबासको व्यस्था जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा ग्रीन सिटी र रूंगटा वेलफेयर सोसाइटीले गर्दै आएको ग्रिनसिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनु भयो । 


एमबि केडिया डेन्टल कलेजमा रहेका अन्य बााकी भारतीय नागरिकलाई  र खानालगयातका अन्य व्यवस्था आफूहरुले गर्ने खेतानले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.