logo

बीरगंजको क्वारेन्टिनमा रहेका भारतीय नागरिक घर फिर्ता

      4/20/2020 गते 00 00 मा प्रकाशित     1293   पटक पढिएको

बीरगंज ७ बैशाख ।
बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका १ सय २२ भारतीय नगरिकलाई  आफन्तको जिम्मा लगाइएको छ । कोरोना भाइरसको संक्रमण समबन्धी आवश्यक चेकजाँच गरेर उनीहरुलाई आफन्तको जिम्मा लगाइएको हो । 

 


ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकाय भवनमा रहेको क्वारेन्टिनमा १४ दिन अगाडि उनीहरुलाई राखिएको थियो । लकडाउनका कारण नेपालका बिभिन्न स्थानमा रोजगारमा संलग्न उनीहरु भारत फर्किन बीरगंज आइपुगेका थिए ।

 

उनीहरु बीरगंज आइपुग्दा  दुबै देशका सरकार प्रमुखका वीचमा जो जुन देशमा छ त्यही राख्ने सहमती भइसकेको थियो ।  त्यही सहमतीका कारण भारतीय नागरिक नेपालमै रोकिएका थिए । 


क्वारेन्टाइनमा रहेका १ सय ८९ भारतियाहरु मध्ये १ सय २२ जनालाई आज स्थानीय  प्रहरी र प्रशासनको रोहबरमा आफन्तलाई जिम्मा लगाइएको हो । बाँकीका आफन्तजन नभएकाले उनीहरुलाई एमबी केडीया डेन्टल कलेजमा बनाइएको क्वारेन्टिमा सारिएको छ । 


देशका विभिन्न ठाउँमा कार्यरत मजदुरलगयातका भारतीयहरु पर्साका नाकाहरुबाट घर फिर्ता जान नपाएका उनीहरुलाई ठाकुरराम क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

 

उनीहरु सबैको  खाना र बसोबासको व्यस्था जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा ग्रीन सिटी र रूंगटा वेलफेयर सोसाइटीले गर्दै आएको ग्रिनसिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनु भयो । 


एमबि केडिया डेन्टल कलेजमा रहेका अन्य बााकी भारतीय नागरिकलाई  र खानालगयातका अन्य व्यवस्था आफूहरुले गर्ने खेतानले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.