logo

जनवादी गणतन्त्र ठोरीमा एमाले बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ ४ गते ०५: २३ मा प्रकाशित     1193   पटक पढिएको

पर्साको ठोरी गाउँपालिकामा नेकपा एमालेको अध्यक्ष र उपाध्यक्ष बिजयी भएका छन । ४ हजार ४९ मत प्राप्त गरी एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर श्रेष्ठ बिजयी भएका हुन ।

 

यसैगर उपाध्यक्षमा नेकपा एमालेकै गोकुली कुमारी रेग्मी ४ हजार २ सय ५९ मत प्राप्त गरी बिजयी भएकी हुन ।


श्रेष्ठका निकटतम प्रतिद्वण्दी निर्वतमान अध्यक्ष नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३ सय २९ मत प्राप्त गरेका छन ।साविकको निर्मलवस्ती गाविस हालको वडा नं ३ र ४ को दुईपटक अध्यक्ष निर्वाचित श्रेष्ठ ०७४ को निर्वाचनमा पदमलाल श्रेष्ठसंग पराजीत भएका थिए ।


नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्रीसमेत रहेका बृहस्पतिकृष्ण श्रेष्ठले २ हजार ५ सय ४८ मत प्राप्त गरेर तेश्रो स्थानमा रहे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामांगले ३ हजार ४३ मत पाएर निकटतम प्रतिद्वण्दी भइन ।


ठोरी वडा नम्बर १ मा पनि एमालेकै धनमान थापा मगर ६ सय ५१, २ मा कांग्रेसका अमृत कृष्ण सापकोटा ६ सय २३ , ३ मा एमालेका शम्भु खड्का ९सय ८, ४ मा एमालेकै मान बहादुर थिंग १ हजार १ सय २१ र ५ मा नेकपमा माओवादीका अष्ट बहादुर लोप्चन ८ सय ३५ मत प्राप्त गरी बिजयी भएका छन ।


ठोरी ०४६ का हरेक लोकतानित्रक निर्वाचनमा कम्युनिष्टहरुले बिजय प्राप्त गर्दै आएको ठाउँ हो । त्यसैले ठोरीलाई कतिपयले जनवादी गणतन्त्र ठोरी भनेर पनि सम्बोधन गर्छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.