logo

कालोबजारी गर्ने शर्मा प्रहरी नियन्त्रणमा, अखाद्य दाल राहतमा बितरणगरे पछि प्रशासनले लिएको थियो एक्शन

      4/19/2020 गते 00 00 मा प्रकाशित     1104   पटक पढिएको

बीरगंज ७ बैशाख ।  राहत बितरणमा अखाद्य दालको आपूर्ती र कालो बजारी गरेको आरोपमा बारा प्रहरीले बीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पक्राउ गरेको छ ।


शर्मालाई शनिवार साँझ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखिएको बारा प्रहरीले जनाएको छ ।

कलैयास्थित यादव कोल्ड स्टोरमा राखिएको खान अयोग्य दाल राहतमा वितरण गरेको उजुरीपछि प्रहरीले कोल्ड स्टोरमा छापामारी ठूलो परिणाममा रहेको दाल नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले गुणस्तरहिन दाल विक्री वितरण गरेको आरोपमा दाल मिलका सञ्चालक शर्मालाई पक्राउ गरी कालोबजारी ऐन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।

सो अभियोगमा अहिलेसम्म प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कालाबजारीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र मुद्दाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाल कालोबजारी गरेको आरोपमा कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतलाई समेत प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका धन लक्ष्मी दाल मिलका संचालक शर्मालाई नेकपा बाराका केही नेता प्रहरीलाई दबाब दिईरहेको प्रहरी स्रोतले जनाएको छ ।

 

शर्मालाई हिरासत मुक्त गराउन उद्योग वाणिज्य संघ बाराका केही पदाधिकारी समेत प्रहरीलाई दबाब दिईरहेको प्रहरी स्रोतको दाबी छ । दाल कालोबजारी मुद्दामा केही जनप्रतिनिधि, केही कर्मचारी लगायतलाई प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.