logo

हरिवनमा प्रकोप ब्यवस्थापन कोषमा नेकपाले डेढलाख बढी सहयोग उपलब्ध गरायो 

      4/19/2020 गते 00 00 मा प्रकाशित     1402   पटक पढिएको

हरिवन ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी  हरिवन नगर कमिटीले प्रकोप व्यवस्थापन कोषमा १ लाख ५६ हजार ६९५ रुपैंया सहयोग गरेको छ ।

 

हरिवन नगरपालिकाले स्थापना गरेको कोषमा पार्टीको तर्फबाट रकम उपलब्ध गराइएको नेकपाका नेता चूडामणि वाग्लेले जानकारी दिनु भयो ।

नगरपालिकाका प्रमुख गणेश प्रसाईलाई सहयोग रकम हस्तान्तरण गरेको उहाँले बताउनु भयो ।  पार्टी सदस्य एवं शुभेच्छुकहरुबाट स्वतस्फूर्त रुपमा सहयोग प्राप्त भएको रकम मेयर प्रसाईंलाई हस्तान्तरण गरिएको नेता वाग्लेले बताउनु भयो ।

 

नेकपाले सहयोग संकलन गर्नका लागि केही दिनअघि विदुर प्याकुरेल, अर्जुन पन्त, रामहरि प्रसाईं, उत्तरकुमार मैनाली, रामप्रसाद घिमिरे र चूडामणि वाग्ले रहेको कमिटी बनाएको थियो । कमिटीका सदस्यहरुको सक्रियतामा रकम संकलन भएको र मेयर प्रसाईंलाई हस्तान्तरण गरिएको हो ।

 

नगद हस्तान्तरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय अच्युतम काफ्ले र बद्रीप्रसाद न्यौपाने, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, नेता राजकुमार उप्रेती, उपमेयर रेणुका पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कोरोना भाईरस ९कोभिड–१९० को संक्रमणबाट बचाउन सरकारले गरेको लकडाउनका कारण अफ्ठयारोमा परेका विपन्न परिवारलाई खाद्यान्न लगायत राहत वितरण गर्नका लागि हरिवन नगरपालिका कार्यालयले स्थापना गरेको कोषमा आईतबारसम्म ३८ लाख रुपैंया संकलन भईसकेको मेयर प्रसाईंले जानकारी दिनु भयो  ।

 

‘नगरपालिका आफैले ११ लाख रुपैंया जम्मा गरेर स्थापन गरेको कोषमा आजसम्म ३८ लाख रुपैंया पुगिसकेको छ ।

 

बाहिरबाट हरिवनका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न भाडामा बसेका १३ विद्यार्थी सहित ४ हजार १ सय ८० घरधुरीलाई २५ किलो चामल, दाल, तेल, नुन सहित खाद्यान्न राहत स्वरुप वितरण गरिसकेका प्रमुख प्रसाईले जानकारी दिनु भयो । राहत बितरण लगायतका काममा नगरपालिकालेल्  ६३ लाख हाराहारी खर्च गरिसकेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.