logo

सम्बिधान सभा सदस्य रुङ्गटाद्वारा  नारायणी अस्पताललाई स्वाब संकलनको लागि स्क्रिनिग बुथ हस्तान्तरण

      4/18/2020 गते 00 00 मा प्रकाशित     849   पटक पढिएको

बीरगंज ६ बेशाख ।

नेपाली काँग्रेसका युवा नेता सम्बिधान सभाका सदस्य  अनिल कुमार रुगंटाको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा स्क्रिनिंग बुथ जडान गरिएको छ ।

 
चिकित्सकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गर्नमा सहजता होस् भने उदेश्यले  स्क्रिनिंग बुथ जडान गरिएको हो ।

 

स्वाब संकलन सुरक्षा हिसावले निकै जोखिमपूर्ण छ त्यसमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनगजर गरेर बुथ निर्माण गर्न लगाएको उधोगपति समेत रहनु भएका  नेता रुंगटाले जानकारी दिनु भयो ।  

 

शनिबार अस्पतालको आकस्मिक कक्षको मुख्य गेटमा स्क्रिनिंग बुथ जडान गरी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा ।मदन प्रसाद उपाध्यायलाई नेता रुङगटाले बुथ हस्तान्तरण गर्नु भएको हो   ।


बुथ हस्तान्तरण गर्दै नेता रुङ्गटाले ९कोभिड१९० को संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन स्वागत योग्य रहेको बताउदै त्यसको पालनकालागि आम नागरिकसंग अपिल गर्नु भयो ।

 

उहाँले शंकास्पदहरुको जाँचको दायरा फराकिलो बनाउनु पर्ने सुझाव दिदै जाँचलाई प्रभावकारी र द्रुत बनाउन माँग गर्नु भयो ।


बुथ हस्तान्तरण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं। ४ का वडा अध्यक्ष जगत साह कानु, सानो पाईलाका अध्यक्ष कंचन झा, नेवि संघका केन्द्रिय सदस्य दिलिप राज कार्की लगायतकाको सहभागिता रहेको थियो । 

अस्पताललाई हस्तान्तरण गरिएको स्क्रिनिंग बुथ आवश्यक्ता अनुसार सार्न मिल्ने गरि फोल्डीङ्ग स्टिम बुथ बनाईएको छ । कोरोनाको आशंका भएका बिरामीले स्वास्थकर्मीमाथी नै अव्यवहारीक व्यवहार गर्न थालेपछि चिकित्कसहरुको सुरक्षाको लागि स्क्रिनिगं बुथ निर्माण गरिएको हो ।


स्वाब संकलन गर्दा चिकित्सक बुथ भित्र र बिरामी बाहिर रहने छन् । यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्युन हुन्छ । बुथमा एर्जेस्ट फ्यान, एलईडि बल्ब, माईक, स्पिकर, चिकित्सकका लागि पञ्जा लगायतका सामाग्रीहरुको व्यवस्था मिलाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.