logo

सम्बिधान सभा सदस्य रुङ्गटाद्वारा  नारायणी अस्पताललाई स्वाब संकलनको लागि स्क्रिनिग बुथ हस्तान्तरण

      4/18/2020 गते 00 00 मा प्रकाशित     1032   पटक पढिएको

बीरगंज ६ बेशाख ।

नेपाली काँग्रेसका युवा नेता सम्बिधान सभाका सदस्य  अनिल कुमार रुगंटाको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा स्क्रिनिंग बुथ जडान गरिएको छ ।

 
चिकित्सकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गर्नमा सहजता होस् भने उदेश्यले  स्क्रिनिंग बुथ जडान गरिएको हो ।

 

स्वाब संकलन सुरक्षा हिसावले निकै जोखिमपूर्ण छ त्यसमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनगजर गरेर बुथ निर्माण गर्न लगाएको उधोगपति समेत रहनु भएका  नेता रुंगटाले जानकारी दिनु भयो ।  

 

शनिबार अस्पतालको आकस्मिक कक्षको मुख्य गेटमा स्क्रिनिंग बुथ जडान गरी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा ।मदन प्रसाद उपाध्यायलाई नेता रुङगटाले बुथ हस्तान्तरण गर्नु भएको हो   ।


बुथ हस्तान्तरण गर्दै नेता रुङ्गटाले ९कोभिड१९० को संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन स्वागत योग्य रहेको बताउदै त्यसको पालनकालागि आम नागरिकसंग अपिल गर्नु भयो ।

 

उहाँले शंकास्पदहरुको जाँचको दायरा फराकिलो बनाउनु पर्ने सुझाव दिदै जाँचलाई प्रभावकारी र द्रुत बनाउन माँग गर्नु भयो ।


बुथ हस्तान्तरण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं। ४ का वडा अध्यक्ष जगत साह कानु, सानो पाईलाका अध्यक्ष कंचन झा, नेवि संघका केन्द्रिय सदस्य दिलिप राज कार्की लगायतकाको सहभागिता रहेको थियो । 

अस्पताललाई हस्तान्तरण गरिएको स्क्रिनिंग बुथ आवश्यक्ता अनुसार सार्न मिल्ने गरि फोल्डीङ्ग स्टिम बुथ बनाईएको छ । कोरोनाको आशंका भएका बिरामीले स्वास्थकर्मीमाथी नै अव्यवहारीक व्यवहार गर्न थालेपछि चिकित्कसहरुको सुरक्षाको लागि स्क्रिनिगं बुथ निर्माण गरिएको हो ।


स्वाब संकलन गर्दा चिकित्सक बुथ भित्र र बिरामी बाहिर रहने छन् । यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्युन हुन्छ । बुथमा एर्जेस्ट फ्यान, एलईडि बल्ब, माईक, स्पिकर, चिकित्सकका लागि पञ्जा लगायतका सामाग्रीहरुको व्यवस्था मिलाईएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.