logo

कांग्रेस कार्यकर्ता चोर्दै जसपा , गठबन्धनमा खैलाबैला

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २४ गते ०३: ४२ मा प्रकाशित     2235   पटक पढिएको

 प्रतिगमनलाई परास्त गर्न भन्दै गठबन्धन गरेका पाँच दलीय घटकमध्ये एक घटक जनता समाजवादी पार्टीको गतिविधिले वीरगन्ज महानगरपालिकामा गठबन्धनका अन्य दलहरुलाई सशंकित बनाएको छ ।


जसपाले गठबन्धनमा आवद्ध दलका कार्यकर्तालाई नै धमाधम आफ्नो पार्टीमा प्रवेश गराउन थालेपछि गठबन्धनका अन्य दल जसपाप्रति असन्तुष्ट बनेका हुन् । गठबन्धनका मेयरको उम्मेदवार पाएको जसपाले सबैभन्दा ठूलो राजनीतिक हैसियतको कांग्रेसका कार्यकर्तालाई छानीछानी भित्र्याएपछि कांग्रेसका नेता कार्यकर्ता क्रुद्ध बनेका छन् । गठबन्धनबाट वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह मेयरको उम्मेदवार छन् ।


कांग्रेसका कार्यकर्ताहरुले यो असन्तोषलाई सामाजिक सञ्जालमा पोख्न थालेका छन् । कांग्रेसका युवा नेता दिलीपराज कार्कीले जसपाले कांग्रेस कार्यकर्तालाई भित्र्याएकोप्रति रोष प्रकट गरेका छन् ।


‘होइन हामीले गठबन्धन गरेर जिताइदिनु पर्ने अनि हाम्रै कांग्रेसी साथीलाई गठबन्धनले पार्टी प्रवेश गराउने,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘यो व्यवहारले घाटा हुन्छ है घाटा नेता र उम्मेदवारले यसलाई चेतावनी सम्झेर सच्याउन अनुरोध गर्दछु ।’


कांग्रेसका नेता देवप्रकाश पटेलले पनि फेसबुकमै लेखेका छन्, ‘यदि तिमीहरुले भोटरलाई पार्टी प्रवेश गराउन शुरु ग¥यौ भने चुनावको मिति कम्तीमा १ महीना पछि सानर्् पर्दछ ।’ कांग्रेस निकट मजदूर नेता जयमंगल कापरले फेसबुक पेजमा आफ्नो असन्तोष यसरी पाखेका छन्, ‘पर्सा जिल्लामा नेपाली कांग्रेस र जसपाको गठबन्धनमा एकले अर्कोमाथि विश्वास गर्ने वातावरण छैन ।’


नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच देशभर गठबन्धन गरेर निर्वाचन लड्ने भनिए पनि ६ वटा महानगरपालिकाको मेयर र उपमेयर, ११ वटा उपमहानगरपालिकाको मेयर र उपमेयरबाहेक अन्य पदमा तालमेल गरिएको छैन ।


वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादीमा ठूलो खिचातानीपछि जनता समाजवादी पार्टीले महानगर प्रमुखको भाग पाएको छ । कांग्रेसले मेयर पदमा जसपाको उम्मेदवारलाई स्वीकार गरेपछि अहिले जसपाले दम्भ देखाइरहेको कांग्रेसीहरु बताउँछन् ।


त्यसकै निरन्तरताको रुपमा पार्टी प्रवेश गराई रहेको छ । जनता समाजवादी पार्टी पर्साले गठबन्धनलाई नै धोका दिने गरी पार्टी प्रवेशलाई निरन्तरता दिएको छ । गठबन्धनमा मेयर र उपमेयर साझा उम्मेदवार हुन् ।
जसपाले कांग्रेसलगायतका अन्य दलका नेता कार्यकर्ताहरुलाई नै जसपामा प्रवेश गराएर नेपाली कांग्रेससहितका पार्टीका नेता कार्यकर्ताहरुको सांगठनिक इमान्दारितामा प्रहार गरेको छ ।
गठबन्धनमा जसपाले मेयरको भाग पाएपछि नै रुष्ट बनेको नेपाली कांग्रेस पर्साले गठबन्धनप्रतिको अन्तरपार्टी सामाञ्जस्यता क्रमिक रुपमा मिलाउदै लगरिरहेको अवस्थामा जनता समाजवादी पार्टीले भने पार्टी प्रवेशलाई निरन्तरता दिएर गठबन्धनबीचको सौहार्द्रतालाई बिगार्न खोजेको गठबन्धनभित्रै नेताहरुले बताउन थालेका छन् ।


पार्टी नेतृत्वले गलत गरेको भन्दै रुष्ट रहेका नेता कार्यकर्ताहरुलाई नेतृत्वले विस्तारै गठबन्धनको आवश्यकता र औचित्यको बारेमा प्रष्ट पार्दै निर्वाचनमा गठबन्धनको जितलाई सुनिश्चित गर्न लागिरहेको अवस्थामा जसपाका जिम्मेवार मानिने नेता प्रदीप यादव जताततै पार्टी प्रवेश गराउँदै हिडेका छन् ।


यसले गठबन्धनप्रति उनको विश्वासमा शंका पैदा गरेको छ । राजनीतिमा रणनीति निकै महत्वपूर्ण मानिन्छ । रणनीतिक चातु¥र्यताले निकै प्रभाव पार्छ । कुनै बेला संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका राजेशमान सिंहबीच राजनीतिक प्रतिष्ठाको लडाई हुने गरेको थियो ।


त्यो तिक्तता अझै पनि पूर्ण रुपमा मेटिएको छैन । संघीय समाजवादीबाट निर्वाचन जितेका विजयकुमार सरावगीलाई काम नै गर्न नदिएर सम्बन्ध बिगारेका प्रदीप यादवले सरावगीको बर्हिगमनपछि अहिले कुनै बेला अस्तित्व स्वीकार नगरेका राजेशमानलाई मेयरको उम्मेदवार बनाएर भोट माग्दै हिडेका छन् ।


यादवले आफ्नो प्रभुत्व कायम राख्नका लागि गठबन्धनलाई नै चुनौती दिइरहेका छन् । संघीय समाजवादीबाट मेयरमा निर्वाचित सरावगीलाई नै पार्टीमा बस्ने ठाउँ नदिएर बाहिरिन बाध्य बनाएका यादवले प्रतिगमनको विरुद्ध लडाई लड्न गठबन्धन गरेको औचित्व पुष्टि गर्ने इमान्दार प्रयास हुनुपर्ने ठाउँमा जसपामा आकर्षण बढेको देखाउनका लागि गठबन्धनको मर्म र भावना बिपरित पार्टी प्रवेश गराएको भन्दै सहयात्री दलले चित्त दुखाउन थालेका छन । यस्तो कामले गठबन्धनका उम्मेदवारलाई नै कमजोर बनाउने काम भएको गठबन्धनका नेताहरुभित्र चर्चा हुन थालेको छ ।


व्यक्तिले विचार र दल रोज्न पाउने वैयत्तिक अधिकार हो । तर, विषम परिस्थितिमा त्यसको फाईदा लिनु भनेको राजनीतिक बेईमानी नै भएको गठबन्धनका नेताहरुले भन्न थालेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.