logo

सखुवा प्रसौनीमा तीन युवा मैदानमा, जयसवाललाई बिपक्षको कडा सवाल , नेतृत्व परिर्वतनको संकेत

 इसीमाना सम्वाददता     २०७९ बैशाख २२ गते ०९: ५२ मा प्रकाशित     1052   पटक पढिएको

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अवको नेतृत्वकालागि तीन जना युवा उम्मेदवार मैदानमा उत्रिएका छन । नेकपा एमालेबाट यशवन्त सिंह चुनावी मैदानमा छन । नेपाली कांग्रेसले युवा नेता शैलेन्द्र यादवलाई अगाडि सारेको छ ।

 

जनता समाजवादी पार्टीले प्रदीप जयसवाललाई मैदानमा उतारेको छ । जयसवाल निर्वतमान अध्यक्ष हुन ।
निर्वतमान अध्यक्ष भएको नाताले जयसवाललाई दर्जनौ सवालको सामाना गर्नु परिरहेको छ ।

 

अन्य दुई युवा नेताहरु गाउँपालिकाको समृद्धि र बिकासका सपना बोकेर मतदाताको घरदैलोमा जादै छन । उनीहरुलाई निर्वतमान अध्यक्षले केही गर्न नसकेको भन्दै मतदाता रिजाउन पाउने सुविधा भने छ ।

जयसवाललाई यो साढे चार वर्षको अवधीमा कैयौ पटक भ्रष्टाचार गरेको अरोप लागेको छ । उनकै बोर्डका उपाध्यक्ष सहित वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका छन ।

 

उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा स्थित कार्यालयमा ०७७ भदौ २६ मा उजुरी परेको छ ।
स्थानीय तह संचालन ऐन ०७४ ले अस्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र काम गर्न ऐनको निर्माण त्यसको अधिनमा रही निर्देशिका,कार्यबिधि,मापदण्ड बनाएर काम गर्नु पर्ने उल्लेख छ तर सखुवा प्रसौनी गाउँपालिकाले त्यस्तो नगरेको महालेखा परिक्षकको कार्यालय पनि आफनो प्रतिवेदनमा उल्लेख गरेको छ ।

 


पछिल्लो कार्याकालमा सखुवा प्रसौनी गाउँपालिकामा भएका निर्माणका कामको र त्यसमा प्रयोग भएको समानको गुणस्तरीयताको मापन नभएको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ ।

 

गाउँपालिकाले बन्द संसकारको बिकास गर्न खोजेको देखिन्छ । सूचना माँग गर्दै सूचना अभियान्ताहरुले माँगेका कतिपय सूचना नदिएर गाउँपालिका समाचारको शिखरमा पुगको थियो ।

 

गाउँपालिका जनताको रकमको प्रयोगले संचालन हुने बिकास तथा प्शासनकी कामको बारेमा पारदर्शीता अपनाउनु पर्ने अड्डा हो तर सखुवा प्रसौनी गाउापालिकाले एउटा सूचना अधिकारी समेत नतोकेर पारदर्शी संस्कृतिको बिकासमा आफू अनुदार रहेको देखायो आज मतदाताले निर्वतमान अध्यक्ष जयसवाललाई यि यस्तै प्रश्नहरु उठाएर जवाफ माँग गरिरहेका छन ।


आर्थिक वर्ष शुरु हुनु भन्दा पहिला गाउँपालिकाले १५ दिन अगावै निर्माण समाग्रीमूल्य ,भाडा, ज्याला, तथा अन्य महशुलको न्यूनतम दर रेट तोक्नु पर्ने कानूनी ब्यवस्था पालना नगरेको देखिन्छ ।


स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ ६६ र ६७ मा स्थानीय राजस्व परामर्श समिति,स्रोत अनुमान र बजेट निर्धारण समिति तथा कार्यक्रम तर्जुमा समिति गठनको प्रवन्ध गरेकोमा सखुवा प्रसौनी गाउँपालिकाले यस्तो अभ्यास नगरी मनपरी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

 

कानूनी प्रवन्धहरुलाई पालना नगरि मनपरि गर्नु नै पदीय मर्यादा र आचरण भन्दा बाहिरको कुरा भएकोले त्यो पनि भ्रष्टाचार हो अहिले जयसवाललाई यस्तै प्रश्न गरे बिपक्षीले घेरा हालेको छ भने उनी जवाफ दिनबाट बच्न खोज्दै छन ।


बिपक्षको जर्वजस्त घेराबन्दी र मतदाताको रुझानले नेतृत्वको परिर्वतनलाई संकेत गरेको स्थानीय बुद्धिजीवीको टिप्पणी रहेको छ । हिजोको निर्वाचनमा देखिएको जनमतमा बदलाव आएको छ । हिजो एमालेबाट प्रत्यासी रहेका निर गिरी आज एमालेमा छन । जसपाबाट उपाध्यक्ष जितेकी फूलमती थारु एमालेबाट उपाध्यक्षमा प्रतिस्पर्धामै छिन ।

 

मधुवन मथौलका पूर्व अध्यक्ष लालदेव उराव जसपामा प्रवेश गरेका छन । हिजो स्वतन्त्रमा अध्यक्षको प्रत्यासी रहेका यसवन्त यादव आज एमालेबाट प्रतिस्पर्धामा उत्रेका छन । हिजोको जनमतमा आएको बदलावसंगै सखुवा प्रसौनीमा अहिलेको नेतृत्व परिर्वातनकालागि आन्तरिक रुपमा नयाँ समकिरणहरु बनेको र त्यसले परिणमालाई परिर्वतन तर्फ लैजाने स्रोतको दावी छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.