logo

भाइरल घण्टाघर सडकको भ्रम र वास्तविकता,एउटा इट्टा थप्न पाइदैन सडक बिभाग

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २१ गते ०७: ०१ मा प्रकाशित     1174   पटक पढिएको

वीरगन्जका निवर्तमान मेयर विजय कुमार सरावगीको साढे ४ वर्षको कार्यकालमा महानगर क्षेत्रभित्र २ सय किलोमिटर पक्की (कालोपत्रे) सडक निर्माण भए । ती सडकको कतै चर्चा छैन् ।

 

तर, जुन सडक क्षेत्राधिकारका कारण महानगरले मर्मत सम्भार समेत गर्न सक्दैन्, त्यही सडकका खल्डा खुल्डी सामाजिक सञ्जालमा पोष्ट गरेर आलोचना भइरहेको छ । त्यो सडक खण्ड हो, घन्टाघर देखि माइस्थानबीचको मूख्य सडक । सडक विभाग मातहातको उक्त सडक त्रिभुवन राजमार्ग हो ।

 

घन्टाघरदेखि पावरहाउस सम्मको त्रिभुवन राजमार्गको पश्चिमपटिको सडक महानगरपालिकाले आफ्नो खर्चमा विस्तार गरेपनि सडक विभागले अहिले रोक लगाएको छ । गत चैत १७ मा विभागले महानगरपालिकालाई पत्राचार गर्दै घन्टाघरदेखि पावरहाउससम्मको सीमाभित्र पश्चिमतर्फ अनधिकृत र गैरकानूनी रुपले नाली बनाउने ,सडक बनाउने,रेलिङ पोष्ट बनाउने कार्य भइरहेकोले सो कार्य तत्काल रोक्न अन्यथा सार्वजनीक सडक ऐन २०३१को दफा १९को ३ बमोजीम कारवाही हुने चेतावनी दिएको छ ।


वाराको पथलैया स्थित सडक विभागको व्यापारिक मार्ग विस्तार योजनाले ४ महिना अगाडि वीरगन्जको पावर हाउसदेखि घन्टाघर, माईस्थान हुदै रजतजयन्ती चोकसम्मको सडक मर्मतका लागि ५ करोडको ठेक्का आह्वान गरेको थियो । त्यसैगरि रजतजयन्ती चोकदेखि वीरगन्ज भन्सार हुदै मितेरी पुलसम्मको सडक मर्मतका लागि ५ करोडको ठेक्का आह्वान गरेको थियो । ठेक्का रकम भन्दा बढी रकम कबोल गरेपछि पावरहाउस चोकदेखि घन्टाघर हुदै रजतजयन्ती चोकसम्मको सडक खण्डको ठेक्का रद्द गरिएको छ ।


व्यापारिक मार्ग विस्तार योजनाका सूचना अधिकृत इन्जिनियर सन्जिव गुप्ताले ठेक्का इस्टिमेट भन्दा कबोल रकम बढी देखिएपछि रद्द गरिएको जनाए । एउटा मात्र निर्माण कम्पनीले ठेक्काको आवदेन हाले पनि सम्झौता गर्न सकिने थियो । तर, अधिकतम रकमभन्दा बढीको प्रस्ताव आएकाले ठेक्का नै रद्द गर्नुप¥यो,’ गुप्ताले भने ।

 

चैतभित्रै मर्मत सक्ने लक्ष्य राखेर सडक विभागले गत पुसमा ५ करोड रुपैयाँमा ठेक्का आह्वान गरेको थियो । सागर र निरीक्ष जेभीले सडक विभागले राखेको भन्दा १ लाख १७ हजार रुपैयाँ बढीमा प्रस्ताव हालेको थियो ।

एकजना ठेकेदारले मात्र बोलपत्र दर्ता गराएका थिए । खाल्डा खुल्डीका कारण महानगरवासीले दुख मर्का पाएपनि महानगरपालिकाले उक्त सडक मर्मत सम्भार गर्न नसक्ने उनले बताए । उनले
उता, रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म १३ सय मिटर सडक मर्मतको काम पनि अझै अघि बढ्न सकेको छैन ।

 

समा कन्स्ट्रक्सनसँग ५ करोड रुपैयाँमा सम्झौता भएकोमा ठेक्का नपाएका ठेकेदारले मिलेमतो भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले काम अघि नबढाउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।मुद्दा

अझैपनि अदालतमा बिचाराधिन रहेकोले पनि बाटो मरम्मतको काम नहुने भएको हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.