logo

प्रसिद्धी पछि बागलुङकी ६५ बर्षिय आमा पनि कोरोना मुक्त 

      4/18/2020 गते 00 00 मा प्रकाशित     1161   पटक पढिएको

बीरगंज ६ बैशाख ।

नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएकी लगत्तै अर्को खुशीको खवर आएको छ ।

 

कोरोना संक्रमितमध्ये सबैभन्दा जेष्ठ धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय आमाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

 

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएकि  प्रसीद्धि श्रेष्ठ  शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हुनु भएको छ  । उहाँले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिनु भएको छ  ।


काठमाडौं घर भएकी श्रेष्ठ  चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आउनु भएको थियो ।
यता धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचारका लागि  भएकी ति महिलाको  बिहिबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ ।

 

उनी छैटौं कोरोना संक्रमित महिला हुन् । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने बिषयमा भने छलफल चलिरहेको छ ।

 

आजै काठमाडौंमा दोस्रो संक्रमित युवती मुक्त भई घर फर्किसकेकी छन् ।चीनबाट फर्केका पहिलो कोरोना संक्रमित पनि निको भएर घर फर्किसकेका छन् । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.