logo

गठबन्धनको नाममा अपमान सहेर नवस्ने एकिकृत समाजवादीको ठहर, गठबन्धन संकटमा

 इसीमाना सम्वाददता     २०७९ बैशाख २० गते १०: ०६ मा प्रकाशित     824   पटक पढिएको

नेकपा (एकीकृत समाजबादी) लाई गठबन्धनमा बसेर अपमान नसहन कार्यकर्ताको दवाव बढेको छ । कार्यकर्ता पंक्ति भने जसपा र कांग्रेसमा घमण्ड पलाएकोले त्यो घमण्ड तोडनु पर्ने निष्कर्षमा पुगेका छन । गठबन्नधको अपमान सहेर त्यसमा बस्नुको साटो आफ्नो जनमतको बैकल्पिक ब्यस्थापनमा लाग्न समेत नेताहरूलाई कार्यकर्ताले दवाव दिएका छन ।

 

समाजवादी र माओवादीकाmलागि बीरगंज महानगर र पर्सा जिल्ला गठबन्धन भन्दा पनि “ठगबन्धन” भएको छ । पर्साको कुनै स्थानीय तहमा जसपा र नेपाली कांग्रेसले सहयात्री दल माओवादी र समाजवादीलाई कुनै पदमा सघाउने निर्णय भएको छैन ।

 

एउटा सदस्य समेत नपत्याए पछि नेकपा एकिकृत समाजवादीका स्वाभिमानी कार्यकर्ताले पार्टी नेतृत्वलाई नेतृत्व ल्याकतमै समस्या देखाएका छन ।

 

एकिकृत समाजवादीको नेतृत्वको आफूले हुकाएको बिकास गरेको आफनै रगत पसिनाबाट निर्माण भएका पार्टी नेकपा एमालेलाई हराउने एक सुत्रिए अभियान छ । कांग्रेस र जनता समाजवादी पार्टीले यही बुझेर होला एकिकृतलाई एक ठाउमा पनि सघाउने रुची देखाएन ।

 

माओवादीले ठोरीमा प्रतिस्पर्धा गर्दैछ तर नेपाली कांग्रेस जसपाले त्याहा पनि माओवादीसंग संगै आफना उम्मेदवारहरु मैदानमा उतारेर माओवादीको वास्तविक हैसियत माथि प्रश्न उठाएको छ ।
एकिकृत समाजवादीको कार्यकर्ता पंक्तिले अपमानको बिरुद्ध बिद्रोहको उदघोष गरिरहदा माओवादी केन्द्रको भने संयुक्त घरदैलोको समाचार सार्वजनीक भइरहेको छ ।

नेकपा एकिकृत समाजवादीले वीरगंज महानगर भित्रका विभिन्न वार्डका उम्मेदवारहरुको भेला सम्पन्न गरेको छ । पार्टीको महानगर कमिटीद्वरा आयोजित उम्मेदवारहरुको भेलाले बर्तमान गठबन्धन प्रती आपती नै जनाएको छ ।

वीरगंज महानगरमा केन्द्रिय निर्णय बमोजिम बनेको चार दलिय गठबन्धन मध्येका दुई दल जसपा र नेपाली कांग्रेस एक पक्षीय ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै भेलाले बर्तमन गठबन्धन प्रती आपती जनएको हो ।

 

मेयर र उपमेयरका प्रत्यासीहरुले गठबन्धनमा सामेल दलका उम्मेदवारसंग समन्वय नगरि आ आफ्ना दलका प्रत्यासीहरुसंग घर दैलो गर्न थालेपछि एकिकृत समाजवादीका उम्मेदवारहरुले गठबन्धनको औचित्य माथि सवाल उठाएका हुन ।

गठबन्धनमा सामेल नेपाली कांग्रेसलाई उपप्रमुखमा र जसपालाई मेयर अन्य दलले सघाउनु पर्ने तर ति दुबै पार्टीले गठबन्धनमा सामेल अन्यदलका उम्मेदवारहरुलाई जिल्ला भरि कही पनि सघाउनु नपर्ने अपमानपूर्ण गठबन्धनलाई उनीहरुकोले “ठगबन्धन” संज्ञा दिदै गठबनधनका उम्मेदवारहरुलाई मत दिन आफूहरु बाध्य नभएको पार्टी नेतृत्वलाई जानकारी गराएका छन ।


बीरगंजको ३२ वटै वडामा नेपाली कांग्रेस र जसपाले आफना उम्मेदवार उठाएका छन । अन्य दललाई कही पनि सहयोग गर्ने गरि गठबन्धनमा निर्णय भएको छैन । सबै दलको शक्तिको अध्ययन गरेर राजनीति निर्णय लिने गरि गठबन्धनका दलले एउटा संयन्त्र बनाएको भएपनि त्यसले समेत अन्य दललाई समेटन सक्ने गरी काम गर्न नसकेको स्रोतले जनाएको छ ।

वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता भएको भेलाले गठबन्धनको नाममा अपमान सहेर गठबन्धनको पछ्लगुवा नबन्ने समेत निर्णय गरेको छ ।

भेलामा पार्टीको पोलिटब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगरका उपाध्यक्ष मन्जुर आलम, सचिव बृजलाल पासवान, युवा संघ पर्साका इन्चार्ज अनिल पटेल लगाएतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.