logo

बिन्दवासीनीबाट पाइप नियन्त्रण, आफना उम्मेदवारलाई बदनाम गर्न खोजिएकोले भ्रममा नपर्न एमालेको अपिल

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १८ गते ०५: ५९ मा प्रकाशित     945   पटक पढिएको

निर्वाचन आचार संहिता अनुगमन समितिको आग्रहमा प्रहरीले बीरगंज महानगरको वडा नं १९ बिन्दबासिनी बाट बितरण गर्न लागिएको भन्दै चापाकलको पाइप नियन्त्रणमा लिएको छ ।

 

प्रदेश सभाका सदस्य लोसपा पर्साका इन्चार्ज रमेश कुर्मीको संसदीय क्षेत्र बिकास कोषको सुविधा अन्र्तगत बितरणकोलागि पूर्व स्वीकृत कार्यक्रम अन्र्तगतको पाइप स्टोरकालागि बिन्दवासीनी लगिदै थियो । प्रदेश साँसद कुर्मीका स्वकीय सचिव केदार गुप्ताको घरमा स्टोर गर्नकालागि पाइप गिदै थियो ।

एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनका वडाअध्यक्षका उम्मेदवार सन्तोष तिवारीले पाइप आफनो नभएको प्रष्ट पार्नु भयो । उहाँले निर्वाचन आचार संहिता लागेको बारेमा आफू जानकार भएको बताउदै प्रदेस सभाका सदस्य रमेश कुर्मीको पूर्व स्वीकृत कार्यक्रम अन्र्तगतको चापाकलकोलागि पाइप आएको र त्यसलाई घरमा राख्न खोजिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको आफूले पनि थाहा पाएको बताउनु भयो ।


आचारसंहिता विपरित धारा र पाइप वितरण गर्न लागेको जिल्ला निर्वाचन कार्यालयको सूचनाको आधारमा धारा पाइपसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

 

यो आयोगको आग्रहमा ल्याइएको हो उहाँले भन्नु भयो “यसमा थप अनुसन्धान हुने भन्दा पनि आयोगको निर्देशनको पालना गरिने छ । संचार माध्यममा नेकपा एमालेका तर्फबाट महानगरका उम्मेदवार बिजय कुमार सरावगी र लोसपका वडाध्यक्षका उम्मेदवार सन्तोष तिवारीलाई बदनाम गराउने गरि समाचार आएकोमा नेकपा एमालेका नेता अरविन्द कुमार सिंहले चिन्ता ब्यक्त गर्नु भएको छ । उहाँले आफनो पार्टीको उम्मेदवारलाई बदनाम गर्न नियोजीत रुपमा काम गरिएको भन्दै त्यस्ता भ्रमपूर्ण खवरमा सत्यता नरहेकोले महानगरवासीलाई भ्रममा नपर्न अपिल गर्नुृ भएको छ ।

 


नेता सिंहले हुदै नभएको कुरालाई बङ्र्र्रग्याएर प्रस्तुत गर्दैमा सत्य नुहने भन्दै महानगरवासीको बिवेकलाई कमजोर नठान्न समेत सम्बन्धीत पक्षलाई चेतावनी दिनु भएको छ । यता निर्वाचन आचार संहिता अनुगमन संमितिका संयोजक तथा मुख्य निर्वाचन आयुक्त धर्मराज पौडेलले  चापाकल निर्वाचन चिन्ह भएका कारण प्रदेश सभाका सदस्यको सुबिधामा झिकाइएको पाइप बितरण नगर्नकालागि मात्र प्रहरीलाई नियन्त्रणमा लिन भनिएको जानकारी दिनु भयो ।

 

चापाकल चुनाव चिन्ह छ यस्तोमा चापाकालकोलागि पाइप बितरण नहोस भन्ने कुरमा आयोगले ध्यान दिएको उहाँले बताउनु भयो । यो कारवाही प्रयोजन भन्दा पनि आचार संहितको पालनाकालागि अरुले पनि प्रश्न उठाउन नपाउन भनेर प्रहरीलाई ल्याउन भनिएको उहाँले बताउनु भयो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.