logo

गठबन्धनका उम्मेदवारलाई जिताउने भनेर संस्थागत निर्णय केही भएको छैनः पदाधिकारीहरु

 इसीमाना सम्वाददता     २०७९ बैशाख १७ गते ०८: १४ मा प्रकाशित     673   पटक पढिएको

वीरगञ्जका सोनार समाजले गठबन्धनका उम्मेदवारहरुलाई पूर्ण बहुमतका साथ जिताउन आह्वान गरेको भन्ने समाचार सार्वजनीक भएपछि सोनार समाजमा ब्यापक तरंग उत्पन्न भएको छ।

शनिवार आयोजित एक छलफल तथा अन्तरक्रिया कार्यक्रमको समाचारमा सोनार समाजले गठबन्धनका उम्मेदवारलाई जिताने भन्दै समाचार प्रकाशन भएपछि सोनार समाजमा त्रिब्र ध्रुबीकरण भएको छ ।


नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन सर्राफ सहयोगकर्ता र रामरतन सर्।ाप आयोजक उल्लेख भएको ब्यानरमा भएको कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी संघ पर्साको संस्थागत संलग्नता नरहेको स्वयं अध्यक्ष भुलन सर्राफले बताउनु भएको छ ।

 

मेरो उपस्थिति ब्यक्तिगत हो समाजको संस्थागत निर्णय गरेर त्यो छलफलको आयोजना नभएको उहाँले बताउनु भयो । कार्यक्रम संस्थागत होइन गठबन्धका उम्मेदवारलाई जिताउने भनेर समाजले त्यस्तो सर्कुलर पनि जार िनगरेको उहाँले बताउनु भयो ।

संघका सचिव प्रवेज सर्राफले समाजको नाममा गठबन्धनका उम्मेदवारलाई जिताउने कुनै निर्णय भएको बारे आफूलाई जानकारी नभएको बताउनु भयो । भोट ब्यक्तिको सार्वभौम अधिकार हो त्यो कसलाई दिने भन्ने कुरा नितान्त ब्यक्तिको बिवेकको कुरा हो त्यसलाई समाजको नाममा निर्देशित र नियन्त्रित गर्न नसकिने उहाँले बताउनु भयो ।

 

समाजको निर्माण सामाजका सदस्यहरुको हित र अधिकारको संरक्षणकोलागि हो कसैलाई भोट देउ कससैलाई नदेउ भनेर निर्णय लाद्न नभएको उहाँले प्रष्ट पार्नु भयो । लोकतन्त्रको महत्वपूर्ण शक्ति मतदान हो त्यसलाई समाजले ठेक्का लिएर लाद्न नमिल्ने उहाँले बताउनु भयो ।

 

सोनार साज भित्र बिविध बिचारलाई मान्ने ब्यक्तिहरु रहेका छन उनीहरुको ठेक्का लिएर भोट दिन्छु वा कसैलाई जिताउछौ भन्नु अपरिपक्व निर्णय भएको सर्राफले बताउनु भयो । उहाँले संघ आफू सचिव भएको र यस बारेमा आफूले जानकारी समेत नपाएकोले यो कुरा सत्य हो भन्न नमिल्ने बताउनु भयो ।

 

भूलन सर्राफको सहयोग र रामरतन सर्राफले आयोजना गरेको कार्यक्रममा मुख्यमंत्री लालबाबु राउत गद्दी , संघीय सासद प्रदीप यादव मेयरका उम्मेदवार राजेशमान सिंहको सहभागिता रहेको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष बैजु स्वर्णकारले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.