logo

राहत बितरणको पोखरिया शैलीको सर्वत्र प्रसंशा,राहतसगै सचेतना 

      4/18/2020 गते 00 00 मा प्रकाशित     2763   पटक पढिएको

बीरगंज ६ बैशाख ।
पोखरिया नगरपालिकाले  राहत बितरण  गर्ने तरिकाको यतिवेला चारैतीर प्रशंसा भइरहेको छ ।  अन्य स्थानीय सरकारले पनि यो तरिकालाई पालना गर्दा कोरोना संक्रमणको जोखिम कम हुन्छ । 

 


राहत बितरणकालागि बनाइएको कार्यबिधिले राहत पाउनेहरुको नामावली संचार माध्यवाट सार्वजनीक गर्नु पर्ने एउटा शर्त तोकेको छ ।

 

त्यो शर्तको पालनमा गर्नका लागि बिज्ञज्ञहरुले स्थानीय तहलाई सुझाव दिएका छन । राहत पाउनेहरुको नामावली संचार माध्यमबाट सार्वजनीक गर्दा राहतमा रोइलो हुने सम्भावना घटेर जाने उनीहरुको  तर्क छ । 

पोखरिया नगरपालिकाले राहत बितरणसमा सामाजिक दुरीलाई जसरी कायम गर्यो त्यसले संक्रमणको जोखिम प्रति स्थानीय सरकार सम्बेदनशील छ भन्ने देखाउछ । राहत लिनेहरुले पनि जुन र्धैयता देखाएर आफनो पालो पर्खे त्यसले पनि उनीहरुमा आफूले गर्नु पर्ने आनी वानी परिर्वतनका बिषयमा ज्ञान दियो । 

सुरक्षती रहदै पोखरिया नगरपालीका वडा नम्बरहरु १, ७ ,९ र १० मा  राहत बितरण गरिएको छ । वडा नम्बर १ मा १ सय ९१ घरघुरी मा वडा नम्बर ७ मा १ सय ३३ घरधुरी वडा वडा नम्बर ९ मा १ सय ३० घरधुरी र वडा नम्बर १० मा ८४ घरदुरीलाई राहत बितरण गरिएको हो ।

राहतमा चामल २५ किलो, तेल १ किलो, दाल २ किलो, नुन २ किलो, आलु ५ किलो, प्याज २ किलो ,सोयाबिन ५०० ग्राम , नुहाउने र लुगा धुने साबुन २–२ पिस बितरण गरियो।

वितरण कार्यक्रममा पोखरिया नगरपालीकाका नगर प्रमुख दिपनारायण रौनियार, उप प्रमुख सलमा खातुन, पर्सा क्षेत्र नम्बर ३ का निलम्वीत सांसद हरिनारायण प्रसाद रौनियार, संविधान सभा सदस्य प्रधुमन प्रसाद चौहान  लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.