logo

तीन जना भारतीयमा कोरोना संक्रमणको स्रोत पत्ता लागेन ,मध्य तराईमा थप सर्तकताको आवश्यकता

      4/18/2020 गते 00 00 मा प्रकाशित     1233   पटक पढिएको

बीरगंज ६ बैशाख ।
बीरगंजमा तीन जना भारतीयमा कोरोना भाइरसको  संक्रमण पुष्टि भइसके पछि गरिएको आरडीटी टेस्टमा  सबैको रिपोर्ट नेगेटिभ फेला परे पनि जोखिम उस्तै रहेको छ ।

 

उनीहरुलाई उपचारकोलागि  बीरगंजको नारायणी उपक्षेत्रय अस्पतालको आइसोलेशन  वार्डमा भर्ना गरिएको छ । तर अहिलेसम्म उनीहरूको संक्रमणको स्रोत पत्ता लागेको छैन  । स्रोत पत्ता नलागेकै कारण जोखिम पनि उस्तै रहेको छ ।

 

उनीहरुमा कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने कुरा निक्र्योल नहुदा सम्म जोखिमको स्तर बढने नै देखिन्छ । 


कोरोना संक्रमीत तीनै जना भारतीय नागरिक हुन उनीहरुले दिएको ट्रभल हिस्ट्रीलाई पत्याउने हो भने उनीहरु बितेको ४ महिना देखी नै नेपालमा छन । उनीहरु नेपालमा रहदा कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने प्रश्नको उत्तर अहिले सम्म फेला परेको छैन ।

 

उनीहरुमा संक्रमण कसरी फैलियो भन्ने कुरा पनि पत्ता लाग्न सकेको छैन ।   उनीहरुले आफनो ट्रभल हिस्ट्रीका बारेमा सहि सूचना नदिएको भन्ने सबै निकायको बुझाई समेत रहेको छ ।

बीरगंजमा संक्रमित तीन जना भारतीय नागरिकको सम्पर्कमा आएकाहरुमा प्रयोगशाला परीक्षण र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परक्षिण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

 

पर्सामा ८७ जनाको प्रयोगशालामा र नौ सय २३ जनाको र्‍यापिड टेस्टबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । त्यसमध्ये भारतीय संक्रमित व्यक्ति रहेको वीरगञ्जको छपकैया क्षेत्रमा नै चार सय जनाको परीक्षण गरिएको थियो ।

उनीहरुमा कोरोना संक्रमण कहाँबाट भयो भन्ने कुरा अझै अन्योलमा नै रहेको पर्साका सहायक प्रजिअ ललित बस्नेतले बताउनु भयो। 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक वासुदेव पाण्डे वीरगञ्जको कनेक्सन उदयपुरको केससँग हुनसक्ने बताउनुहुन्छ  । तर यसलाई स्थापित गर्ने आधार अहिले फेला परेको छैन । 

 

 उदयुपर र वीरगञ्ज दुवै ठाउँको केसलाई अहिलेसम्म आयातित भन्न सकिन्छ पाण्डेले भन्नु भयो  यदि स्थानीय केस हो भने त संक्रमित भेटिएको ठाउँमा अरु केसहरू भेटिनुपर्ने हो । हामीले त्यहाँ परीक्षण गर्दा संक्रमित नभेटाएकाले दुवै केसलाई स्थानीय भन्न मिल्दैन ।’

 वीरगञ्जमा संक्रमित गएका ठाउँहरूमा छ सय जनामा र्‍‍यापिड टेस्ट गर्दा कसैमा पनि एन्टिबडी पोजेटिभ देखिएन । वीरगञ्जका अन्य ठाउँमा अरु छ सय मानिसमा एन्टिबडी जाँच गर्दा पनि कोरोना पोजेटिभ भेटिएन । त्यसैले यो केसलाई आयातित मान्न नसकिने पाण्डेको तर्क छ । 

उनीहरूले अहिलेसम्म हामीलाई सही जानकारी दिएका छैनन् । उनीहरूले सही जानकारी नदिए पनि एन्टिबडी टेस्टले त ढाँट्दैन नि  । पाण्डेको जोड छ उनीहरुले ट्रभाल हिस्ट्री सहि बताएका छैनन ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.