logo

सरावगीको भावनात्मक सवाल के मैले गायत्री पूजा गर्नु गल्ती हो ?

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १६ गते ०८: १९ मा प्रकाशित     852   पटक पढिएको

बीरगंज महानगरका निर्वतमान प्रमुख बिजय सरावगीले आफनो अस्था अनुसारको धार्मिक पूजा आराधना गर्दा अपमानपूूर्ण टिप्पणी भइरहेको प्रति गम्भिर चिन्ता ब्यक्त गर्नु भएको छ ।

 


सरावगीले आफनो सामाजिक संजालमा निकै भावनात्मक पोष्ट गर्नु भएको छ र त्यसमा सोध्नु भएको छ के मैले गायन्त्री पूजा गर्नु गल्ती हो ? आफनो धार्मिक आस्था माथि धावा बोल्एिको भन्दै उहाँले असहमती जनाउनु भएको छ ।

 

धर्म धारण गर्ने बिषय हो त्यो अन्तरमनबाट स्वीकार गरिएको बिषय पनि हुने भएकोले त्यो आस्था हो कसैको आस्थामाथि ठेस पुर्याउनु अराजकता हो । स्थानीय तहको निर्वाचनको नाममा यस्तै अराजकतापूर्ण क्रियाकलापको साहरा लिनुलाई सभ्य समाजले राम्रो मानेको छैन ।


धार्मिक अनुष्ठानलाई आफ्नो निहित स्वार्थपूर्तीकालागि दुरुयोग गर्ने षडयन्त्र हुन थालेपछि बीरगंज महानगरको प्रमुखको उम्मेदवार समेत रहनु भएका सरावगीले धार्मिक आस्थाको बिषयलाई छेडछाड गर्न नहुने उद्देश्का साथ सामाजिक संजाल मार्फत अपिल गर्नु भएको हो ।

 

धर्म नितान्त ब्यक्तिको बिषय हो र त्यसलाई चुनावी प्रोपगण्डा बनाएर बदनाम गर्न खोज्दैमा धर्मप्रतिको आस्थमा बिचलन नआउने बरु झन बढी दृढता बढने सरावगीले बताउनु भयो ।

 

धर्मप्रतिको आस्था परम्परादेखीको बिश्वास र अभ्यासले स्थापित भएकोले कसैको प्रोपगाण्डाका कारण निराश नहुन सबेलाई उहाँले अपिल समेत गर्नुृ भएको छ । गायत्री परिवारको अध्यक्षको रुपमा सरवागीले बीरगंजमा अश्वमेध महायज्ञ गराएको , ब्रह्मकुमारी राजयोगमा संलग्न भएको अन्य बिभिन्न धार्मिक अनुष्ठानमा उत्तिकै श्रद्धाका साथ सहागि भएको कुराको बीरगंज साक्षी रहेको छ ।


सरावगीले यस्तो अराजकतापूर्ण काम गर्नेहरुको बिरुद्ध कानूनी उपचारको बाटो समेत रहेको भएपनि यस्तो काम नियोजित रुपमा पत्रकार वा अन्य जसले गरेको भएपनि त्यीसबै कार्यकर्ता हुन भन्ने कुरा बीरगंजको समाजले बुझेको भन्दै आफनो आस्था र बिश्वास आम नागरिकमा रहेको स्पष्ट पार्नु भएको छ ।


उहाँले आफूलाई मारवाडी समुदायको सदस्य भएकोमा , ब्यापारी भएकोमा गर्व छ तर कसैले यही कुरालाई आधार बनाएर ब्यापार गर्दै
मा मारवाडी हुदैमा अपमान गर्छ भने त्यो पनि सभ्य समाजकोलागि पाच्य बिषय नहुने उहाँको मत छ । बीरगंज महानगर हो महानगर  भित्र रहेका सबैखाले बिविधता यसको शक्ति हो र त्यसलाई आफूले सम्मान गर्ने उहाँले बताउनु भयो ।


सरावगीले बीरगंजबासीलाई आफनो सामाजिक संजाल मार्फत सम्बोधन गर्दै धार्मिक आस्था जातिगत तथा पेशागत आवद्धतालाई घृणाभावका रुपमा समबोधन नगर्न आग्ह गर्नु भएको छ । उहाँले आगामी दिनमा यस्ता घृणित कार्य बन्द गरी स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन सम्बन्धित सबैमा अनुरोध गर्नु भएको छ ।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.