logo

कामकाजी कार्यकर्तापंक्ति र क्रियाशिल नेताको कम्बिनेशनलाई रुचाउदै बीरगंजका युवा

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १४ गते ०१: ५८ मा प्रकाशित     907   पटक पढिएको

स्थानीय तहको निर्वाचन नजिकिदै जांदा युवाहरु एमालेको पक्षमा धु्रवीकृत हुदै गएका छन । राजनीतिमा खासै चासो नराख्ने यो पुस्तालाई यस पटकको निर्वाचनले तरंगीत बनाएको छ ।

 

राजनीतिसंग मतलव छैन भन्ने यो पुस्ता अहिले राजनीतिलाई दिशा दिन क्रियाशिल हुनु पर्ने निष्कर्षमा पुगेको छ । राजनीति सेवा हो, गुण्डागर्दीलाई संरक्षण गर्न राजनीतिको साहरा लिने प्रवृति समाजको लागि खतरा हुने कुरा यो पुस्ताले बुझेको छ । बीरगंज महानगरपालिका वडा नं २२ का पवन यादवको बुझाई यस्तै छ ।

 

स्नातक अध्ययनरत यादव बीरगंज महानगरको बागडोर बिजय कुमार सरावगीलाई दिनु पर्ने बताउनुहुन्छ ।हिजो बीरगंजको मेयर भएका बिजय सरावगीलाई उहाँकै पार्टीका नेताहरुले हात बाँधेर काम गर्न दिएनन यादवले भन्नु भयो “पार्टीको असहयोग र कोरोनको कहरका कारण बिजय सरावगीको काम गर्ने क्षमता पुरा रुपमा महानगरले उपयोग गर्न पाएन त्यसैले यो पटक उहाँलाई अवसर दिनु पर्छ” ।


बीरगंज महानगर भित्रका सबै बिजुलीका पोलमा बत्ती जडान भएको छ । उज्याले बीरगंज अभियान सार्थक भएको छ । महानगरभित्र कालो पत्रे सडक बनेको छ । बिद्यालयका पूर्वाधार बिकास भएका छन । नाला र ढल बनेका छन सफाईको काममा प्रगती छ काम भएको छैन भन्ने कुरामा सत्यता नभएको उहाँको दावी छ ।


बीरगंज महानगरपालिकाको बिकासमा हिजोको जसपा पार्टीको भूमिका काहा के थियो ? महानगरपालिकाको बिकासमा त्यो पार्टीले के योजना बनायो मेयरलाई काहा सहयोग गर्यो जसपाले बताउन सक्ने कुनै आधार छैन तर अव एमालेले पार्टीगत रुपमा सहयोग गर्ने वतावरण बन्ने भएकोले पनि बिजय सरावगीको पक्षमा युवाहरुको धु्रवीकरण बढेको यादवको भनाई छ ।


बीरगंज महानगरपालिका वडा नं १५ का २१ वर्षिय करण पटेल पहिलो पटक आफनो मतको प्रयोग गर्दैहुनुहुन्छ । त्यसकारण पनि आफू उत्साहित भएको उहाँको भनाई छ । ०७४ मा नागरिकता बन्यो यसपाली भोट हाल्न पाउने अवसर पाउदा मलाई खुशी लागेको छ उहाँले भन्नु भयो । प्लस टु गरेर नीजि क्षेत्रमा सेवामा प्रवेश गर्नुृ भएका पटेलले आफनो मत सूर्य चिन्हमा हाल्ने बताउनु भयो । मलाई एमाले मन पर्छ पटेलले भन्नु भयो “केही गर्छ भन्ने आश नै एमालेसंग अरुले केही गर्दैनन ” ।


बीरगंज महानगरपालिका वडा नं १२ का गोविन्द चौधरीको धारणा पनि पटेलकै जस्तो छ । स्नताक गरेर जागीरमा संलग्न चौधरीले सरावगीको सादगी र उहाँ सम्म सबैको सहज पहुच हुनु नै लोभलाग्दो पछ रहेको बताउनु भयो । कोरोनाकालमा आफना नागरिकको रक्षाकोलागि उहाँले गरेको परिश्रमको त म कायल नै छु चौधरीले भन्नु भयो “जनताको सेवामा सर्मित नेता भनेको त बिजय सरावगी नै हो भन्ने कुरा कोभिड कहरका दुई लहरमा देखियो ” ।


बीरगंज महानगरपालिका वडा नं १३ का २२ वर्षिय नरेन्द्र पटेलले एमालेले बीरगंज महानगरमा अवसर नपाएकोले यस पटक आफनो मत एमालेलाई जाने बताउनु भयो । सरवागीले राम्रो संग काम गर्न नपाउनु भएको पटेलको बुझाई छ । कामकाजी कार्यकर्तापंक्ति भएको पार्टी र क्रियाशिल नेताको कम्बिनेशन बनेकोले पनि सरावगीलाई महानगरवासीका युवाले साथ दिनु पर्छ भन्ने मेरो सुझाव छ ।


रोजगारीको सृजना होला, समृद्ध महानगर र मधेशको एक मात्र महानगरको रुपमा बीरगंजलाई राम्रो बनाउन एमालेले पनि अवसर पाउनु पर्छ भन्ने पटेलको धारणा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.