logo

बीरगंजमा गठबन्धनको बैठक, समाजवादी र माओवादीको प्रश्न हाम्रो भोट रुख र छातामा किन ? थामथुम पार्न समिति गठन

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १४ गते १२: ०५ मा प्रकाशित     997   पटक पढिएको

आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धको उदेश्य प्राप्ति गर्न पाँच दलीय गठबन्धनको बैठक बीरगंजम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्द्धन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा तीन वटा निर्णय गरिएको जनता समाजवादी पार्टी पर्साका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनु भयो।
वीरगंज महानगरपालिकामा गठबन्धनबाटै मेयर ,उपमेयर छिनोफानो लागिसकेको र बाँकी १३ वटा पालिकाको बिषयमा निर्णय भएको हो ।

 

वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उप समिति गठन गर्ने ,जनपरिचालन उप समिति आवश्यकता अनुसार व्यक्ति,संघरसंस्था संग समन्वय गर्ने अधिकार समेत दिने र वीरगंज बाहेकका १३ स्थानीय तहका गाउँपालिका र नगरपालिकाका गठबन्धन सम्बन्धि अवस्थाको अध्ययन र आगामी कार्यक्रमको लागि जिल्ला स्तरीय उप समिति गठन गर्ने गरि निर्णय गरिएको छ।


बैठकले नेपाली कांग्रेसका नेता श्याम पोखरेलको संयोजकत्वमा ६ सदसीय वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन उप समिति गठन गरेको छ।


नेपाली कांग्र्र्रेसका प्रकाश उपाध्याय,नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता,जसपाबाट जन्नत अन्सारी ,जसपाबाटै मुकेश द्विवेदी र नेकपा एकिकृत समाजवादीबाट मनोज चौधरी रहने गरि उप समिति गठन भएको हो ।

त्यसैगरी नेपाली कांग्रेसका नेता रामनारायण कुर्मीको संयोजकत्वमा पर्साका १३ स्थानीय तहमा गाउँपालिका र नगरपालिकाका गठबन्धन सम्बन्धि अवस्थाको अध्ययन र आगामी कार्यक्रमको लागि जिल्ला स्तरीय कार्यदल गठन भएको छ । कार्यदलले निर्वाचन हुनु भन्दा एक हप्ता अगाडि सम्म सबै दलको अवस्था र शक्तिको बारेमा अध्ययन गरी निष्कर्ष निकाल्ने जिम्मेवारी पाएको छ ।

 

समितिले दिएको प्रतिवेदनको आधारमा निर्वाचनको मैदानमा बलियो देखिएको पार्टीलाई सहयोग गर्नेगरी गठबन्धनले निर्णय गर्ने स्रोतले जनाएको छ । त्यसो हुदा अहिले मैदानमा रहेका केही उम्मेदवारले राजनीतिक रुपमा आफनो उम्मेदवारी फिर्ताको घोषणा गर्नु पर्ने अवस्था आउन सक्छ ।पर्सामा गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र ,एकिकृत समाजवादी र जनमोर्चालाई नेपाली कांग्रेस र जसपाले केही पनि दिएका छैनन ।

 

बीरगंज महानगरमा मेयर र उपमेयरमा गठबन्धन हुनु बाहेक अन्त सबैले आफनो राजनीतिक शक्तिका अनुसार उम्मेदवारी दिएका छन । निर्वाचनको मैदानमा प्रतिस्पर्धा गर्दा एकले अर्कोलाई हराएर जित्नु पर्ने अवस्थामा यो गठबन्धन “बोकाको मुखमा कुभिण्डो” जस्तो भएको नेताहरुको टिप्पणी छ । बैठकमा माओवादी र समाजवादी पार्टीले आफनो मत किन रुख र छातामा हाल्ने भन्दै प्रश्न गरेपछि माओवादी र समाजवादीलाई मनाउन यस्तो समितिको निर्माण गरिएको दावी एक नेताको छ ।

 

समितिमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति अशोक गुप्ता, लालन द्विवेदी,जसपाबाट जनार्द्धन यादव,तबरेज अहमद,नेकपा माओवादी केन्द्रबाट छोटेलाल यादव, शेख चाँद तारा र नेकपा एसबाट गङ्गा बहादुर खड्का रहेको समिति निर्माण गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.