logo

एकैदिन थपिए चौध जना ,नेपालमा कोरोना भाइरस संक्रमीतको संख्या तीस पुग्यो

      4/17/2020 गते 00 00 मा प्रकाशित     1676   पटक पढिएको

बीरगंज ५ बैशाख ।नेपालमा थप १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। 


मन्त्रालयका अनुसार उदयपुरमा  १२ जना र चितवनमा २ जना गरी १४ जनामा एकैदिन कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् ।उदयपुरमा देखिएका संक्रमीतहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्ष रहेको छ ।   उनीहरु मध्ये केही भारतीय हुन् ।  दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । छोरा २७ वर्षका र आमा ६३ वर्षिया हुनुहुन्छ ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमध्य एक जना निको भएर घर फर्किसकेका छन  । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण भएको छ। 

यो सँगै कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या २४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ६ सय ८८ पिसिआरबाट र १६ हजार ५ सय ६५ जनाको आरडीटीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भयो। 

पिसिआर प्रविधिबाट कोरोना परीक्षणका लागि मन्त्रालयले पाटन अस्पतालमा उपकरण जडान गरेको छ। केही दिनमै परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ। यो सँगै पिसिआरबाट कोरोना परीक्षण हुने स्थानको संख्या १४ पुग्नेछ। 

सोलुखुम्बु र डोल्पा बाहेक ७५ जिल्लामा आरडीटीबाट कोरोनाको परीक्षण सुरु भइसकेको प्रवक्ता देवकोटाले बताए। मन्त्रालयले सबै प्रदेशमा गरी हाल कुल ३० हजार आरडीटी किट पठाएको छ। 

काठमाडौं उपत्यकामा ५ र बाहिर ८५ गरी जम्मा ९० जना व्यक्ति आइसोलेसनमा भर्ना भइ उपचाररत छन् । मुलुकभर हाल ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा छन्। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.