logo

पोष्ट कमाण्ड पर्साको पछिल्लो निर्णय, अत्यावश्यक बस्तुका पसलहरु बिहान ११ देखी दिउसो ३ बजे सम्म खुल्ला रहने

      4/17/2020 गते 00 00 मा प्रकाशित     1678   पटक पढिएको

बीरगंज ५ बैशाख ।  
कोभिड १९ कमाण्ड पोष्ट पर्साको शुक्रवार बसेको बैठकले लकडाउनको प्रभावकारिताकालगि नयाँ प्रवन्धहरु सार्वजनीक गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले आपूर्ती ब्यवस्था सहज बनाउनकालागि  महत्वपूर्ण निर्णय गरेको छ ।

लकडाउनको आज सम्मको अवस्थाको शिलेष्णात्मक समिक्षा पछि यस्तो निर्णयमा पुगेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।


बैठकले अत्यावश्यक बस्तुहरु खाद्य,किराना,पानी ग्यासको बिक्री बितरणका पसलहरु बिहान ११ बजे देखी दिउसो ३ बजे सम्म खुला राख्ने निर्णय गरेको छ । औषधी भने २४ घण्टा खुला रहने छ ।


खुला स्थानमा तरकारी र फलफूलको बिक्री बितरणलाई  रोक लगाएको छ भने होम डेलीभरि गर्न दिने निर्णय भएको छ । त्यसैगरि साँगुरा गल्ली,ठेलागाडा र चोकहरुमा पनि तरकारीको बिक्री बितरणलाई रोक लगाइएको छ ।  


बैठकले अत्यावश्यक बस्तुहरुको खरिद बिक्री गर्ने क्रममा कोरोना भाइरसको संक्रमणको जोखिम हुन नदिन  ,भिडभाड हुन नदिन उपभोक्ताहरुलाई कम्तिमा ३ फिटाको दुरी कायम गरि लाइनमा राख्नु पर्ने निर्णय गरेको छ ।

 

उपभोक्तावीचको सामाजिक दुरीलाई कामय गर्ने कुराको जिम्मेवारी भने सम्बन्धीत ब्यवसायीको हुने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिनु भयो । ब्यवसायीले ब्यपार मात्र गर्ने होइन संक्रमण नफैलीयोस भन्ने कुराको ख्याल राख्दै आफना उपभोक्ताालाई ३ फिटको दुरीमा लाइनमा बसेर सामान लिन आग्रह  गर्ने र त्यही अनुसारको ब्यवस्थापन गर्नु पर्ने उहाँले बताउनु भयो ।


संक्रमण नफैलियोस भन्नकालागि ब्यापारी र उपभोक्ता  सबैले मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने निर्णय शुक्रवारको बैठकले गरेको छ ।  अत्यावश्यक सामान खरिद गर्न जादा सवारी साधनको प्रयोग गर्न नपाइने प्रवन्ध समेत गरिएको छ ।

 
 अत्यावश्क बस्तुहरु उत्पादन गर्ने उधोग तथा  बिक्री गर्ने बितरकहरुले  संक्रमणको जोखिम नहुने गरि आफनो उधोग वा प्रतिष्ठानमा कार्यरत कर्मचारी मजदुरहरुकालागि स्यानेटाइजर,मास्क तथा पञ्जाको ब्यवस्था गर्नु पर्ने निर्णय भएको छ ।

 

उधोगले २५ जना भन्दा बढी ब्यक्तिहरु एक ठाउमा जम्मा हुन नदिन र समाजिक दुरीलाई कायम  राख्नु पर्नेमा ध्यान दिन र  त्यसकुराको सुनिश्चितताकाको लागि बीरगंज उधोग बाणिज्य संघलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता बस्नेतले बताउनु भयो । 

पर्सा जिल्लाका बिभिन्न क्वारेन्टिनमा रहेका र १४ दिन पुगेकाहरुको आरडिटी टेस्ट गर्ने  र नेगेटिभ रिर्पोट आएमा १ हप्ता  होम क्वारेन्टिनमा बस्ने गरिआवश्यक प्रक्रिया पुरा गरे आफन्तको जिम्मा लगाउने साथै पिसीआर गरि नेगेटिभ आएका जमाती बाहेककालाई पनि होम क्वारेन्टिनमा रहने गरि आफन्ताको जिम्मा लगाउने निर्णय भएको छ ।

 

बैठकमा बीरगंजमहानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी ,मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्याय, बीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरुण कुमार महतो, प्रमुख सेनानी मदनजंग राणा ,प्रहरी उपरिक्षक गंगा पन्ता सशस्त्र प्रहरी उपरिक्ष दिपेन्द्र कुँवर ,उप अनुसन्धान निर्देशक कुमार खडका बीरगंज उधोग बाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.