logo

दलहरुद्वारा भद्र सहमतीको अवज्ञा,पर्सामा निकै कम उम्मेदवारी दर्ता, डा.को जागिर छाडेर निर्वाचनमा उत्रिए चौहान

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख ११ गते ०६: २९ मा प्रकाशित     778   पटक पढिएको

बीरगंज महानगरपालिकाको प्रमुख पदमा सोमवार १२ जनाले उम्मेदवारी दर्ता गरएका छन । उम्मेदवारी दर्ता गराएका मध्य नेपाल मजदुर किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरी र नेपाल सदभावना पार्टीबाट बिजय कुमार रौनीयारले उम्मेदवारी दिएका छन ।

 

अन्य ९ जना भने स्वतन्त्र उम्मेदवार हुन । स्वतन्त्र उम्मेदवार मध्य बीरगंज महानगरपालिकाको वडा नं २५ का २२ वर्षिय बिकासराज पटेल कान्छा उम्मेदवार हुन ।

 

२४ वर्षका दुई युवाहरु फिरोज आलम र राधेश्याम साह ३२ वर्षका कैलाश प्रसाद, ३३ वर्षका संजीव यादव र २५ वर्षका सगिर अली रहेका छन । ६४ वर्षका राजेन्द्र सिंह भूमिहार पनि स्वतन्त्र उम्मेदवार हुन । उनी सेवानिवृत शिक्षक हुन ।

यसैगरि पर्साको पकाहा मैनपुर गाउँपालिका अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
निवर्तमान अध्यक्ष बिजय चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।

०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका चौरसिया १ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए । त्यसैगरि जगरनाथपुर गाउँपालिकामा जनता सामाजवादीको तर्फबाट अध्यक्षमा कृष्ण मोहन यादव सहित प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

 

जनमत पार्टीका तर्फबाट डा.चन्दन चौहानको नेतृत्वमा प्यानलकै उम्मेदवारी परेको निवर्चन आयुक्त चिन्तामणी शर्माले जानकारी दिनु भयो । त्यस्तै जिराभवानी गाउँपालिकाको वडा नं ३ वडाध्यक्ष सहित जसपाको प्यानल र वडा नं ३ मा वडाध्यक्ष सहित नेकपा एकिकृत समाजवादीको २ सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिनु भयो । त्यसैगरि सखुवा प्रसौनी गाउँपालिकामा नेपाल सुशासन पार्टीको तर्फबाट अध्यक्षमा बृजमोहन चौधरीका् उम्मेदवारी परेको छ ।

 

गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पासवान,महेश प्रसाद यादव,प्रदेशी महतो,फेकु थारु,मदुसुधन महतो थारु र रामबालक कुम्हालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । ७ जनाले वडाध्यक्ष र अन्य तीन जनाले सदस्यमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा.सूर्य प्रसाद पौडेलले जानकारी दिनु भयो ।

 

त्यस्तै बिन्दवासीनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट अध्यक्षमा प्रमोद तिवारीको सेट सहितको उम्मेदवारी दर्ता भएको छ । तिवारी सेवा निवृत शिक्षक हुन । जनता समाजवादी पार्टीको तर्फबाट निर्वतमान अध्यक्ष श्रीलाल साह कानुको सेटकै उम्मेदवारी दर्ता भएको अरुण कुमार कोइरालाले जानकारी दिनु भयो ।


त्यस्तै धोविनी गाउँपालिकामा पत्रकार राजाकुमार पटेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । वडाध्यक्षमा एक जना र वडा सदस्यमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कैलाश दाहालले जानकारी दिनु भयो । बहुदरमाई नगरपालिकामा ३ जना वडाध्यक्षको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईले जानकारी दिनु भयो ।


पोखरिया नगरपालिकामा राप्रपा बाट मेयरमा जीवनज्योती पासवान नेपाल सुशासन पार्टीको तर्फबाट मेयरमा शंकर राउत अहिर उपमेयरमा बिणादेवी, सहित ७ वटा वडाध्यक्ष सहित ३५ जनाको उम्मेदवारी परेको छ भने स्वतन्त्रमा मेयरमा धर्मराज यादव र उपमेयरमा जयकुमार रजकको उम्मेदवारी परेको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिनु भयो ।

 

ठोरी गाउँपालिकामा नेकपा एकिकत समाजवादी पार्टीको तर्फबाट गंगा बहादुर खड्काको अध्यक्षमा उममेदवारी दर्ता भएको निर्वाचन अधिकृत शिजवराज न्यौपानेले जानकारी दिनु भयो ।


निर्वाचन आयोगले उम्मेदवारी दर्ताकोलागि दुई दिनको समय तोकेको भएपनि पहिलो दिन उम्मेदवारी दर्ता नभएको देखिएको छ । राजनीतिक दलहरुले पालो पालो उम्मेदवारी दर्ताको भद्र सहमती गरेपनि कार्यान्वयनमा भद्र अवज्ञा गरेको एक निर्वाचन अधिकृतले टिप्पणी गर्नु भयो । दुई दिनकालागि मनोनयन दर्ताको समायवधी राख्नुको उद्देश्य सफल हुन नसकेको उहाँको टिप्पणी छ । पर्साको पर्सागढी नगरपालिकामा आज एक जनाको मात्र उम्मेदवारी पर्नुले पनि त्यही कुराको पुष्टि गर्दछ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.