logo

अग्रवाल छुट्ने पक्का जस्तै,भाई शाहिल र बिवादास्पद ब्यवसायी कौशलले मिलाए सेटिङ

      4/16/2020 गते 00 00 मा प्रकाशित     1908   पटक पढिएको

काठमाडौं, ५ बैशाख । मानवतालाई बन्धकी राखेर संकटको बेला थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका संचालक शुलभ अग्रवाललाई छुटाउन ठुलै चलखेल भइरहेको छ । 


उनलाई छुटाउनका उनका पिता शंकर गोल्यान भाइ शाहिल अग्रवाल अर्वपति बिनोद चौधरी केही राजनीतिक ब्यक्तिहरु निकै कसरत गरिरहेका छन ।

 

कानूनका कमजोर धाराहरुको अध्ययन  र अनुसन्धानमा एउटा टोली नै परिचालन गरिएको छ । कानूनी छिद्रको सहयोगमा अग्रवाललाई छुटाउन मुद्धा कमजोर बनाउन तल्लिन छन ।

प्रधानमंत्री निकट छु भन्दै हिड्ने बिवादास्पद ब्यवसायी कैलाशचन्द्र गोयललाई मुद्धा कमजोर बनाउन र मुलुकी अपराध संहिता अनुसार अदालतमा मुद्दा दायर हुन नदिन साहिल अग्रवालले परिचालन गरेका छन । 


चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको तथ्य सार्वजनिक भइसकेको छ । तर प्रहरीबाटै यो तथ्य सार्वजनिक भएको भए पनि अग्रवाल पक्राउपछि १ हजार २ सय वटाको मात्रै लगत देखाइनु र कारबाहीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् जानुले अग्रवाललाई कम सजाय गराउने प्रपञ्च छताछुल्ल भएको छ । 


अदालतबाट गए पाँच वर्षसम्मको जेल हुनसक्ने र प्रमुख जिल्ला अधिकारीबाट गए बढीमा एक वर्ष कैद सजाय हुने कानुनी व्यवस्थाका कारण अग्रवालमाथि सहानुभूति राख्ने काम गरिएको हो ।

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रेसन’ गरेको थियो । उनी पक्राउ परेपछि मात्रै सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका प्रवद्र्धक भएको रहस्य खुलेको थियो ।

 

सुलभ अग्रवाल भन्ने थाहा पाएपछि उनलाई बचाउन राजनीतिक कसरत शुरु भयो, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरु उनलाई बचाउन न्वारन देखिको बल लगाउन उद्धत रहे त्यसैको परिणाम हो मुद्धालाई कमजोर बनाइयो ।

प्रहरीको ‘स्टिङ अप्रेसन’बाट पक्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कारबाही हुन सक्थ्यो ।

 

तर, जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मुद्दा चलाएर उनलाई जोगाउन उच्च राजनीतिक एवम् व्यावसायिक दबाब परेकाले मुद्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ । उनलाई बैशाख २ गते पुनः ५ दिनको म्यादथप भएको छ । ५ दिन ७ गते पूरा हुँदैछ । संभवतः उनी ७ गते छुटाउनेगरी सबैतिर सेटिङ मिलाउने काम साहिल र कैलाशले मिलाइसकेका छन् । 

प्रहरी भ्यानको सिसासमेत तोडफोड गर्ने र मिडियामा समेत निक्कै चर्चामा आएको घटना भएकाले अग्रवाललाई मुक्त नगर्न नसके पनि कारबाही न्यून गराउने खेल भएको स्रोतको दाबी छ । उनलाई ५ दिन थुनामा राख्न म्यादथप त भएको छ, तर अब उनी छुट्दैछन्, स्रोतले भन्यो, २० हजार थान थर्मोगन कालोबजारीबाट उनले ३२ करोड भन्दा बढी कमाइसकेका छन् । २–४ करोड खर्च गरेर साहिल अग्रवालले उनलाई छुटाउने बन्दोबस्त मिलाइसकेका छन् । 

स्रोतले भन्यो– ‘महानगरीय अपराध महाशाखाले पक्राउ गरेका अग्रवाललाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यसबीचमा ठूलो परिमाणमा थर्मल गन गायब बनाउनेदेखि मुद्दाको प्रकृतिमा समेत चलखेल भएको छ । जसका कारण अग्रवालमाथिको अनुसन्धान नै फितलो बन्दै गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.