logo

जनताको पक्षमा काम गर्न झनै स्पातिलो बनाएको छः महानगरप्रमुख सरावगी

 इसिमाना सम्वाददाता     २०७९ बैशाख ६ गते १२: ३९ मा प्रकाशित     895   पटक पढिएको

कोभिडकालमा जनताको जीवनको रक्षाकालागि बीरगंज महानगरपालिकाले १२ करोड रुपौय खर्चेर काम गरेको महानगरप्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ ।

 

वीरगञ्ज मनपा २५ सिर्सिया ड्राईपोर्टमा आयोजित सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले यस्तो बताउनु भएको हो ।संघ सरकारले औषधी उपचारको ब्यवस्था गर्ने प्रदेश सरकारले अस्पतालको ब्यवस्था गर्ने र स्थानीय सरकारले क्वारेन्टिन ब्यवस्थापनको जिम्मेवारी संघ सरकारले तोकेको स्मरण गर्दै प्रमुख सरावगीले प्रदेश सरकारले अस्पताल नवनाएपछि गण्डक अस्पताल भाडामा लिएर कोभिड अस्पतालको रुपमा संचालन गरेको स्मरण गर्नु भयो ।

 

त्यतीबेला  कोभिडको संक्रमण रोक्ने काममा लागेको महानगरलाई असहयोग गर्ने ,केन्द्र सरकारले बिनियोजन गरेको रकम निकासा गर्न नदिने काममा संलग्न हुनेहरुले अहिले ठुलो कुरा गर्दै हिडेको बताउनु भयो ।

 

 उहाँले जनताको जीवन रक्षाकोलागि कोभिडकालमा ज्यानको प्रवाह नगरि खटेकोलले अहिले कोही कोही चुनाव जिते हत्कडी लगाउछु भन्दै बर्बराउन थालेका छन भन्नु भयो । बिकास, समृद्धि र जनताको जीवन सहज बनाउने उनीहरुको उद्धेश्य होइन  त्यसैले हत्कडीको कुरा गर्छन ।

 

उहाँले भन्नु भयो मेयर वा राजनीतिक मान्छेले हत्कडी लगाउन पाउदैन त्यस्तो कार्यबिधि पनि छैन हत्कडी लगाउने रहर छ भने हत्कडी बोक्ने हैसियत हुनु पर्छ त्यसकोलागि राजनीतिमा होइन पुलीसमा भर्ति हुन जानु बेस हुने बताउनु भयो ।

 जनताको पक्षमा विकास कार्यलाई बढाएकै कारण विपक्षीहरु हत्कडी लगाईदिने धम्की दिइरहेका छन त्यसले हतोत्साहीत होइन जनताको पक्षमा काम गर्न झनै बलियो बनाएको महाननगरप्रमुख विजय कुमार सरावगीको भनाई छ । 

 

राक्षस प्रवृतिले बिनास मात्र गर्छ महानगरप्रमुख सरावगीले भन्नु भयो निर्माण र संरक्षणको काम जनताको आशिर्वादका कारण मात्र सम्भव छ म त्यही आर्शिवाद पाउने कुरामा बिश्वस्त छु ।

 

 वीरगञ्जमा आफू निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, सरसफाई जस्ता विकास कार्यलाई दु्रतगतिमा अगाडि  बढाई वीरगञ्जवासीको जीवनलाई सहज, सुलभ बनाउने प्रयास गरेकै कारण अहिले केहि तत्वहरु आफूलाई हत्कडी लगाउने धम्की दिँदै हिँडेको बताउनुभयो ।

 

एमालेबाट उछिट्टिएर जसपामा पुगेका केही मान्छे गैर राजनीतिक भाषाको प्रयोग गरे न्यायिक निकायहरुको अधिकार क्षेत्रलाई समेत अतिक्रमण गर्दै उच्श्रृंखल अभिव्यक्ति दिँदै हिँडेको चर्चा गदै सरावगीले  न्याय ब्यवस्थाको बारेमा सामान्य जानकारी नराख्ने मान्छेले सार्वभौम जनताको प्रतिनिधित्व गर्न नसक्ने प्रष्ट पार्नु भयो । 

 

उहाँले वीरगञ्जवासीको लागि स्वास्थ्य व्यवस्थालाई चुस्तदुरुस्त बनाउनुको साथै स्वास्थ्य संस्था सम्म जान नसक्ने वृद्धवृद्धा, गर्भवती , तथा सुत्केरी महिला (मेयर स्वास्थ्य घरदैलो अभियान) अन्तर्गत सेवा प्रदान गरेको जिकिर गर्दै जस्तो सुकै अवस्थाको सृजना भएपनि जनताको पक्षमा काम गर्न आफू पछि नपर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

 

उहाँले राजनीतिमा छाडापन बढेको चर्चा गद छद्मभेषीसंग सजग रहनु पर्नेमा जोड दिनु भयो उहाँले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्दै गरेको आरोप लगाउनु भयो ।

 

वीरगञ्जको विकासको लागि एमालेको बिकल्प नरहेको बताउनु भएको हो ।
्वीरगञ्जको विकास गर्न एमालेको सरकार आवश्यक रहेको वीरगञ्जका मेयर बिजय सरावगीले बताउनु भएको छ । वीरगञ्जको विकासको सपनालाई साकार पार्न आफू एमालेमा प्रवेश गरेको बताउँदै प्रमुख सरावगीले जसपा भित्र काम गर्ने वातावरण नभएका कारण आफूले एमालेको रोजेको पनि बताउनुभयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.