logo

बुहारी सहित सनसिटीका २९८ जनामा कोरोनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ 

      4/15/2020 गते 00 00 मा प्रकाशित     835   पटक पढिएको

काठमाण्डौ ३ बैशाख । 
र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गर्दा मंगलबार सनसिटी अपार्टमेन्टका पोजेटिभ रिपोर्ट आएकामध्ये आज बुहारीको रिपोर्ट भने नेगेटिभ आएको छ । तीनैजनाको पीसीआर विधिबाट परीक्षण गर्दा बुहारीमा  कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गर्दाआमा छोरा र बुहारीमा कोरोना देखिएपछि उनीहरुलाई पाटन अस्पताल लगिएको थियो । स्वाब संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा मंगलबार नै ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना पोजेटिभ देखाएको थियो । तर बुहारीको रिपोर्ट भने बुधवार  नेगेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ ।

पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा देखिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।

यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएको थियो । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

काठमाडौंको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गरिएको र्‍यापिड परीक्षणमा कसैमा पनि कोभिड(१९) संक्रमण नभएको पाइएको छ। सनसिटीका २ सय ९८ जनाको र्‍यापिड परीक्षण गरिएपनि कसैमा पनि पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.