logo

बीरगंज महानगरको मेयरमा सरावगी औपचारिक रुपमा सर्वसम्मत सिफारिश , एमाले प्रवेशको क्रम बढदो

 इसीमाना सम्बाददाता      २०७८ चैत ३० गते ०७: ०२ मा प्रकाशित     901   पटक पढिएको

नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । महानगरप्रमुखमा उहाँको एकल नाम सिफारिश भएको हो । नेकपा एमाले महानगर कमिटीको बुधवार बसेको बैठकले सरावगीको नाम सर्वसम्मत रुपम सिफारिश गर्ने निर्णय गरेको महानगर अध्यक्ष राजेन्द्र यादवले बताउनु भयो ।


वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले सरावगीलाई अघि सार्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गर्नु भएको थियो भने उपाध्यक्ष महेश दासले समर्थन गरेको यादवले जानकारी दिनु भयो ।

२०७४ को चुनावमा जसपाबाट निर्वाचित मेयर सरावगी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमाले प्रवेश गर्नु भएको हो । बिकास र समृद्धिको नेपाली नागरिकको सपना एमालेले मात्र पुरा गर्न सक्ने भएकोले सरावगीले एमाले रोज्नु भएको बताउनु भएको छ ।

 

के.पी.ओलीको नेतृत्वमा बीरगंजलाई समृद्ध शहर बनाउने सपना पुरा हुने बिश्वास उहाँले ब्यक्त गर्नु भएको छ । जसै निर्वाचनको दिन नजिकिदै छ । नेकपा एमालेमा प्रवेशको लहर पनि बढ्दो छ ।

बुधवार नै नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि वार्ड नम्बर १६ नगवाका पूर्व गावस अध्यक्ष असहाब आलम र नेपाल काङ्ग्रेस १६ का महबुब आलम( शेर) र वार्ड नम्बर २ जनता समाजवाद िपार्टीबाट निर्वाचित वार्ड सदस्य मुस्तुफा अंसारी लगायतका ब्यक्तिहरु आ आफ्नो पार्टी परित्याग गरि नेकपा ऐमालेमा प्रवेश गर्नु भएको छ ।

 

यस अघि बीरगंज महानगरपालिका वडा नं २१का अध्यक्ष एवं नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिका सदस्य हबिब मिया सहतिका ब्यक्तिहरु एमाले प्रवेश गर्नु भएको थियो । यो प्रवेश संगै नेकपा एमालेको जनाधार बढेको छ । एमाले पंक्तिमा यो प्रवेशले उत्साह संचार गरेको एमालेका महानगर अध्यक्ष राजेन्द्र यादवले बताउनु भयो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.