logo

अनियमितता भएको भन्दै पकाहाको मैनपुरबासीले राहत लिन अस्वीकार गरे

      4/14/2020 गते 00 00 मा प्रकाशित     1297   पटक पढिएको

बीरगंज २ चैत । 
पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं ३ का करिव ४ सय घर परिवारले गाउँपालिकाले दिएको राहत बहिष्कार गरेका छन । दैनीक ज्याला गरेर जीवीकोपार्जन गर्दै आइरहेका नागरिकले राहत बहिष्कार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 


पकाहा मैनपुर गाउँपालिकाको बिशेष गाउँसभाले राहत बितरणकालागि ८० लाख रुपैया बिनियोजन गरेको छ । प्रदेश सरकारले राहत बितरणकालागि १० लाख रुपैया पठाएको छ । राहतको यही रकमका आधारमा पालिकाले राहतको प्याकेजको मापदण्ड निर्धारण गरेको थियो ।

 बोर्ड बैठकको निर्णय अनुसार २५ किलो चामल, ३ किलो दाल, ५ किलो आलु, तेल १ लिटर लगायतका खाद्यान्न सामग्री राहत वितरण गर्न निर्णय गरेको थियो ।

 

तर अहिले तिरण गर्न गाउँपालिकाको टोली जादा प्रति परिवार १० किलो चमाल, आधा किलो दाल, १ किलो प्याज, २ किलो आलु, आधा किलो चना, आधा किलो सोयाबीन र आधा लिटर खाने तेल वितरण गर्न लगेका थिए ।

मापदण्ड बिपरिताको राहत समाग्री देखे पछि स्थानीयले वडाध्यक्ष मदन साह कानुलाई  राहतको रकममा अनियमितता गरेको आरोप लगाए ।

 

स्थानीयले गाउँपालिकाका अध्यक्ष बिजय चौरसियालाई बोेलाएर राहतमा कति रकम खर्च भएको छ त्यसको परदर्शिता कायम गर्न माँग गरे । फोन मार्फत अध्यक्ष चौरसियालाई कुरा भएपनि उहाँ वडा नं ३ मा नआएको स्थानीयले बताए । वडा नं ३ मैनपुरका वासिन्दाले राहत नलिएपछि राहत बितरण टोली फर्किएको छ । 

वडावासीले  सरकारी मापदण्ड अनुसार राहत नभएको भन्दै फिर्ता पठाइ दिएका हुन । वडावासीले राहत बितरणकालागि गाउँपालिकाले बिनियोजन गरेको मापदण्ड अनुसारको रकमको राहत समाग्री बितरण गर्न माँग गरेका छन । 


गाउँलेको भनाई अनुसार त्यो वाडको लागि गाउँपालिकाले ८ लाख बराबरको रकम छुटयाएको र सो रकम बराबरको राहत बितरण हुनु पर्ने अड़ान राखेका छन् । 

तर गाउँपालिका अध्यक्ष नआए पछि जनता आक्रोशित समेत भएका थिए । आक्रोशित जनताले वडाध्या साहलाई धकेला धकेल गरेका थिए । राहत वितरणमा अनियमिता भएको र रकम बराबरको पनि राहत आफ्नो टोलमा नआए पछि स्थानीय आक्रोशित भएर राहत वितरण बहिष्कार गरेको स्थानीय अनिल पटेलले बताउनु भयो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.