logo

एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीको अपिल

 इसीमाना सम्बाददाता     २०७८ चैत २२ गते ०५: १२ मा प्रकाशित     929   पटक पढिएको


बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले संघीय समाजवादी पार्टीबाट महानगर प्रमुख जितेको तर अर्को निर्वाचनको संघारमा नेकपा एमालेमा प्रवेश गर्नु पछाडि करण रहेको बताउनु भएको छ ।

 

नेकपा एमाले पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा आमसभालाई बीरगंजम ामंगलवार सम्बोधन गर्दै महानगर प्रमुख सरावगीले जुन पार्टीबाट जिते त्यही पार्टी काम गर्न नदिएपछि आफूले समृद्ध नेपाल र सुखी नेपालीको आंकक्षालाई पुरा गर्न दृढ संकल्पीत नेकपा एमाले रोजेको बताउनु भयो ।

 

उहाँले निर्वाचनका बेला पार्टीले मेरो कसम नामको घोषणा पत्र जारी गर्यो त्यो घोषणा मेरो मात्र होइन पार्टीको थियो त्यही पुरा गर्न खोज्दा असहयोग भयो उहाँले भन्नु भयो पहिलो दुई वर्ष अत्यन्तै असहयोग भयो । पार्टी भित्रका मान्छेहरुले नानाथरीका हुने नहुने सबै तर्क कुर्तक गरेर मलाई अप्ठयारोमा पारियो र काम गर्ने वतावरण दिइएन ।

महानगर प्रमुख सरावगीले त्यवेलाको अवस्थाको स्मरण गर्दै भन्नु भयो सरकारमा स्वास्थ्यमंत्री उपेन्द्र यादव , शहरी बिकास मंत्री इस्तियाक राइन थिए ।

 

तर देशको औधोगिक राजधानीको रुपमा रहेको बीरगंज महानगरको बिकासकालागि न त यादव नत राइन कसैले मलाई सहयोग गरेनन उनीहरु म निर्वाचित भएको पार्टीका नेता थिए। पार्टीको स्थानीय तह घोषणा पत्र लागु गर्न नदिने ,माथिको नेतृत्वले केही सहयोग नगर्ने यस्तो अवस्था बन्यो ।

सरावगीले मंचबाटै पूर्व प्रधानमंत्री के.पी.ओलीलाई आभार प्कट गर्दै भन्नु भयो बरु तत्कालीन सम्मानीय प्रधानमंत्री श्रद्धेय अध्यक्ष के.पी.ओलीको सहायोगमा त्यतीबेलाको राष्ट्रीय योजना आयोगबाट हामीले बजेट पायौ । भेडाह नदीको नियन्त्रण अस्पतालजन्य फोहर प्रशोधन केन्द्रको संचालन त्यही बजेटबाट गर्न हामी सफल भएका हौ ।

 

माननीय मिन बहादुर शाही त्यतीबेलाको योजना आयोगको सदस्य ज्यु मार्फत हामीलाई त्यो बजेट प्राप्त भएको थियो । म यतिवेला त्यो महत्वपूर्ण सहयोग उपलब्ध गराईदिनु भएकोमा पूर्व प्रधानमंत्री श्रद्धेय क. केपी शर्मा ओलीज्यू लाई महानगरबासी र आफनो तर्फबाट आभार प्रकट गर्दछु ।


उहाँले बिकासका लागि अव खुद्रे पार्टीहरु होइन राजनेता क. ओलीको नेतृत्वमा, एमालेको अगुवाईमा र हाम्रै पालामा एकिकृत भएर अगाडि बढ्ने संकल्पका साथ मैले नेकपा एमाले रोजेको बताउनु भयो । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रीय आकांक्षालाई पुरा गर्न नेकपा एमाले बाहेक अरु कसैले नसक्ने कुरा प्रमणीत भएको छ ।

 

मधेशको बिकासको सन्दर्भमा क. के.पी.ओलीको नेतृत्वमा जतिको लगानी इतिहासको कुनै कालखण्डमा नभएको उहाँले बताउनु भयो ।


उहाँले मधेशवादी दलका नेताहरुले मधेशलाई बेचेर आफ्नो तिजौरी भरेको आरोप लगाउनुभयो । मधेशका लागि केही गर्न नसकेको र मधेशको नाम बेचेर मधेशी जनतालाई भ्रममा पारेको मेयर सरावगीको भनाई छ ।

 

सरावगीले देश, जनता र विकासका लागि फेरि पनि केपी ओली नेतृत्वमा आउनुपर्ने आवश्यक्ता औँल्याए । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम र केपी ओलीको विकासको भिजन देखेर नै एमाले प्रवेश गरेको सरावगीले बताए ।

एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीले नेता–कार्यकर्तालाई आग्रह गर्नु भयो । अन्य दलले मधेशको विकास गर्छौं भनेर आश्वासन देखाएपनि एमालेले मात्रै काम गरेर देखाएको सरावगीले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.