logo

¥यापीड टेस्टको परिणाम नेगेटिभ ,थप आठ जना क्वारेन्टिनमा 

      4/13/2020 गते 00 00 मा प्रकाशित     1026   पटक पढिएको

बीरगन्ज, १ वैशाख  । कोरोना संक्रमीत तीन भारतीय नागरिकाको सम्पर्कमा आएका ५९ जनामा गरिएको ¥यापीड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।

 

आइतवार उनीहरुमा गरिएको ¥यापीड टेस्टको रिपोर्ट नेगेटिभ आएको हो । सोमवार समेत टेस्ट भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो ।

संक्रमीतहरुको नजिकको सम्पर्कमा रहेकाहरुको थ्रोट स्वाब परिक्षणकोलागि पठाउने तयारी भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपध्यायले बताउनु भयो ।

 

आइतवार सोमवार गरि ८ जनालाई क्वारेन्टिनमा राखिएको छ । तीन जना संक्रमीत भारतीय नागरिकाको नजिकको सम्पर्कमा रहेका उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो ।


त्यसैगरी, बीरगन्जमा संक्रमितको सम्पर्कमा आएका ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आइतबार ४ र सोमबार बिहान ४ जनालाई नियन्त्रणलाई लिएर क्वारेन्टाइनमा राखिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

बीरगन्जमा उच्च सतर्कता अपनाइएको छ । संक्रमित भेटिएको क्षेत्रलाई सिल गरिएको छ । थप सुरक्षाकर्मी परिचालन गरेर लकडाउन थप कडा बनाइएको छ । औषधि पसल बाहेक अन्य पसल बन्द गराइएको छ । अत्यन्त जरुरी काममा बाहेक अन्य काममा घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.