logo

तीन जनामा संक्रमण पुष्टि पछि बीरगजमा सुरक्षा सर्तकता कडा ,औषधी पसल बाहेक अरु बन्द गर्न स्थानीय प्रशासनको निर्देश

      4/13/2020 गते 00 00 मा प्रकाशित     921   पटक पढिएको

बीरगंज १ बैशाख । 


बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुरक्षा सर्तकता कडा पारिएको छ ।

 

बीरगंजमा औषधी पसल बाहेक अन्य पसलहरु बन्द गर्न स्थानीय प्रशासनले आदेश गरेको छ । बीरगंजका भित्रिी बस्तीहरुमा भने स्थानीय प्रशासनको आदेशको उल्लंघन गर्दै किराना दोकानहरु भने खुलेका छन । प्रहरीले मोटरसाइकल गस्ती गरेर पसलहरु नखोल्न आग्रह गर्दै समेत हिडेको देखिन्छ ।

 

तर स्थानीयहरुले प्रहरीको आग्रहलाई अवमूल्यन गरेको देखिएको छ । स्थानीय प्रशासनले औषधी पसल बाहेक अन्य सबै बन्द गर्न निेर्दैश दिएको छ । 

 वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएको जानकारी दिनुभयो । उहाँले शिल लाई अघोषित “कफ्र्यू”को रुपमा बुझदा हुने बताउनु भयो । औषधी पसल बाहेक अरु केही खुल्दैनन उहाँले भन्नु भयो “लकडाउनको समयमा खोलिरहेका खाधान्न लगायतका पसलहरु अब बन्द हुने छन ” ।

 मेयर सरावगीले ४ दिनसम्म घरमा रहेको खाधान्न बाहेक महानगरपालि भित्रका नागरिकले हरियो साग सब्जी लिन समेत लिन बाहिर निस्कन नपाउँने बताउनुभयो ।


यस्ता समयमा विपन्न तथा गरिव परिवालाई अतिनै आवश्यक परे जानकारीको आधारमा उनीहरूको घरमै खाधान्न महानगरले पुर्याउने पनि उहाँले बताउनुभयो । कोही कसैलाई औषधी लिनुपर्दा समेत प्रहरी प्रशासनसँग समन्वय गरी मात्र बाहिर निस्कन पाउने मेयर सरावगीले जानकारी दिनुभयो ।

 मेयर सरावगीले अन्तराष्ट्रिय नाका तथा निकै जोखिममा पर्ने वीरगंजमा एउटा छुट्टै कोभिड विशेष हस्पिटलको व्यवस्था हुनुपर्ने बताउनुभयो । मेयर सरावगीले प्रदेशमा एउटा मात्रै कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन भएको र विकल्पमा अर्को मेसिलको व्यवस्था गरी वीरगंजमा राख्नुपर्ने माग पनि गर्नुभयो । उहाँले कोभिड अस्पताल बनाउने कुरामा आफू लागिपरेको बताउनु भयो । उहाँले अस्पताल संचालनमा आउने बिश्वास ब्यक्त गर्नु भयो ।

मेयर सरावगीले कोरोना संक्रमित छपकैयामा अझै कोही बाहिरबाट आएको भए समयमै जाँच गराई समाज तथा महानगरलाई कोरोना संक्रमणबाट बचाउँन आग्रह गर्दै यस्तो समयमा त्रसित नभई धैर्यधारण राख्न समेत सुझाव दिनुभयो ।

त्यसैगरी महानगरमा ६५ वटा आइसोलेसन र ३५ वटा एम्बुलेन्स रहेको उहाँले बताउनुभयो । विपदको बेला कुनै योजना बनाउँदा जोखिममा रहेको वीरगंलाई प्राथमिकतामा राख्न समेत सरावगीको आग्रह छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.