logo

तीन जनामा संक्रमण पुष्टि पछि बीरगजमा सुरक्षा सर्तकता कडा ,औषधी पसल बाहेक अरु बन्द गर्न स्थानीय प्रशासनको निर्देश

      4/13/2020 गते 00 00 मा प्रकाशित     1075   पटक पढिएको

बीरगंज १ बैशाख । 


बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुरक्षा सर्तकता कडा पारिएको छ ।

 

बीरगंजमा औषधी पसल बाहेक अन्य पसलहरु बन्द गर्न स्थानीय प्रशासनले आदेश गरेको छ । बीरगंजका भित्रिी बस्तीहरुमा भने स्थानीय प्रशासनको आदेशको उल्लंघन गर्दै किराना दोकानहरु भने खुलेका छन । प्रहरीले मोटरसाइकल गस्ती गरेर पसलहरु नखोल्न आग्रह गर्दै समेत हिडेको देखिन्छ ।

 

तर स्थानीयहरुले प्रहरीको आग्रहलाई अवमूल्यन गरेको देखिएको छ । स्थानीय प्रशासनले औषधी पसल बाहेक अन्य सबै बन्द गर्न निेर्दैश दिएको छ । 

 वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएको जानकारी दिनुभयो । उहाँले शिल लाई अघोषित “कफ्र्यू”को रुपमा बुझदा हुने बताउनु भयो । औषधी पसल बाहेक अरु केही खुल्दैनन उहाँले भन्नु भयो “लकडाउनको समयमा खोलिरहेका खाधान्न लगायतका पसलहरु अब बन्द हुने छन ” ।

 मेयर सरावगीले ४ दिनसम्म घरमा रहेको खाधान्न बाहेक महानगरपालि भित्रका नागरिकले हरियो साग सब्जी लिन समेत लिन बाहिर निस्कन नपाउँने बताउनुभयो ।


यस्ता समयमा विपन्न तथा गरिव परिवालाई अतिनै आवश्यक परे जानकारीको आधारमा उनीहरूको घरमै खाधान्न महानगरले पुर्याउने पनि उहाँले बताउनुभयो । कोही कसैलाई औषधी लिनुपर्दा समेत प्रहरी प्रशासनसँग समन्वय गरी मात्र बाहिर निस्कन पाउने मेयर सरावगीले जानकारी दिनुभयो ।

 मेयर सरावगीले अन्तराष्ट्रिय नाका तथा निकै जोखिममा पर्ने वीरगंजमा एउटा छुट्टै कोभिड विशेष हस्पिटलको व्यवस्था हुनुपर्ने बताउनुभयो । मेयर सरावगीले प्रदेशमा एउटा मात्रै कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन भएको र विकल्पमा अर्को मेसिलको व्यवस्था गरी वीरगंजमा राख्नुपर्ने माग पनि गर्नुभयो । उहाँले कोभिड अस्पताल बनाउने कुरामा आफू लागिपरेको बताउनु भयो । उहाँले अस्पताल संचालनमा आउने बिश्वास ब्यक्त गर्नु भयो ।

मेयर सरावगीले कोरोना संक्रमित छपकैयामा अझै कोही बाहिरबाट आएको भए समयमै जाँच गराई समाज तथा महानगरलाई कोरोना संक्रमणबाट बचाउँन आग्रह गर्दै यस्तो समयमा त्रसित नभई धैर्यधारण राख्न समेत सुझाव दिनुभयो ।

त्यसैगरी महानगरमा ६५ वटा आइसोलेसन र ३५ वटा एम्बुलेन्स रहेको उहाँले बताउनुभयो । विपदको बेला कुनै योजना बनाउँदा जोखिममा रहेको वीरगंलाई प्राथमिकतामा राख्न समेत सरावगीको आग्रह छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.