logo

बीरगंजका दुई मस्जिदमा बस्दै आएका २६ जमाती क्वारेन्टिनमा 

      4/11/2020 गते 00 00 मा प्रकाशित     1541   पटक पढिएको

बीरगंज २९ चैत ।
प्रहरीले शनिवार साँझ वीरगन्ज २ छपकैयाका दुई वटा मस्जिदबाट २६ जना  मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले बीमनाप २ को दुई स्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् । मस्जिदमा विगत केहि दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले शनिबार बेलुका नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।

कोरोना संक्रमण हुन सक्ने आंशकामा उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो ।

२४ जनामध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले शनिबार बेलुका छपकैयाको मस्जिदमा रहेका अरुलाई पनि क्वारेन्टिनमा राखेको हो ।  । उनीहरुलाई वीरगन्जको सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको छ। 

रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । पोजेटिभ देखिएका तीनै जना जामे मस्जिदमै रहँदै आएका थिए ।

उनीहरू मध्ये ३ जनाको रिपोर्टमा कोरोनाभाइरस (कोभिड १९) पोजेभिटको आशंका देखेपछि शुक्रबार तीनजनालाई अस्पतालले मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताउनु भयो ।

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निक्र्योल गर्नका लागि  काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ ।

पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.