logo

भारतीय सुरक्षाकर्मीको लापरवाहीका कारण लकडाउनमै गाउँ फर्किए चन्द्रनगरका नेपालीहरु

      4/10/2020 गते 00 00 मा प्रकाशित     999   पटक पढिएको

बीरगंज २९ चैत ।
भारतले सीमा क्षेत्रमा परिचालन गरेको भारतीय सुरक्षाफौजको सुरक्षा घेरालाई तोडेर आफनो गाउँ आइपुगेका सर्लाहीको चन्द्रनगरका ५३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

 

भारतीय सुरक्षाकर्मीको लापरवाहीका कारण उनीहरु नेपाल प्रवेश गर्न सफल भएका हुन । जुन देशको नागरिक जाहा छ त्यही राखिने सरकार प्रमुख स्तरको सहमतीको बर्खिलाप हुने गरि भारतले सीमामा कडाई नगर्दा उनीहरु नेपाल प्रवेश गरेका हुन ।

 

यही सहमतीका कारण नेपाल भारत दुबै तर्फ क्वारेन्टिन निर्माण गरेर नागरिकहरुलाई राखिएको छ । बीरगंजको ठाकुराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा डेढ सय भन्दा बढी  भारतीय नागरिकहरुलाई राखिएको छ । रक्सौलमा रहेको क्वारेन्टिनमा १५ जना नेपाली रहेका छन । 

जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगरमा शनिबार बिहानसम्म ५३ जना भारतबाट हिँडेरै गाउँ आइपुगेको हुन । गाउँपालिकाले उनीहरु सबैको पहिचान गरि  क्वारेन्टिनमा राख्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनु भयो  ।

 

शुक्रवार बेलुकासम्म ४७ जना आएकोमा शनिवार बिहान ६ जना थपिएका हुन् ।चन्द्रनगरसँगै ईश्वरपुर, हरिपुर, चक्रघट्टा र छिमेकी जिल्ला महोत्तरीको गौशालाका समेत केही मानिस सँगै आएका पाइएको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो ।

 

उहाँले अझै केही मानिस कोभिड–१९ अर्थात कोरोना भाइरस फैलिरहेको भारततर्फबाट आइरहेको सूचना पाएपछि जोखिम बढ्नुका साथै यहाँ आएपछि कहाँ राख्ने भन्ने चिन्ता थपिएको बताउनु भयो । 

लकडाउनकै समयमा भारतकोे कोरोना संक्रमित क्षेत्रबाट मजदुरहरु गाउँँ भित्रियपछि स्थानीयबासी त्रसित भएको गापा अध्यक्ष महतोले जानकारी दिनु  भयो । अझै भारतमा काम गर्न गएका सयौं मजदुर हिँँडेर आईरहेको खबर पाएको अध्यक्ष महतोको भनाई छ ।

लुकिछिपी गाउँ आएकाहरुबाट कोरोना फैलीने जोखिम हुने भएकाले क्वारेन्टाइनमा बसिदिन चिकित्सकले आग्रह गरिरहेका छन् ।

 

जिल्लाको खुला सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर गस्ती गरिरहे पनि उखु बारी, खेतको आली खोलाबाट मानिस आइरहेका छन। त्यसरी आउनेलाई रोक्न भारतीय अधिकारीसँग समन्वय भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो ।तर भारतीय सुरक्षा निकायले यसलाई गम्भिरता पूर्वक लिएको छैन बरु नेपालबाट कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाएको भन्दै नेपाल र नेपालीलाई आरोप लगाउने गलत काम गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.