logo

भारतीय सुरक्षाकर्मीको लापरवाहीका कारण लकडाउनमै गाउँ फर्किए चन्द्रनगरका नेपालीहरु

      4/10/2020 गते 00 00 मा प्रकाशित     1265   पटक पढिएको

बीरगंज २९ चैत ।
भारतले सीमा क्षेत्रमा परिचालन गरेको भारतीय सुरक्षाफौजको सुरक्षा घेरालाई तोडेर आफनो गाउँ आइपुगेका सर्लाहीको चन्द्रनगरका ५३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

 

भारतीय सुरक्षाकर्मीको लापरवाहीका कारण उनीहरु नेपाल प्रवेश गर्न सफल भएका हुन । जुन देशको नागरिक जाहा छ त्यही राखिने सरकार प्रमुख स्तरको सहमतीको बर्खिलाप हुने गरि भारतले सीमामा कडाई नगर्दा उनीहरु नेपाल प्रवेश गरेका हुन ।

 

यही सहमतीका कारण नेपाल भारत दुबै तर्फ क्वारेन्टिन निर्माण गरेर नागरिकहरुलाई राखिएको छ । बीरगंजको ठाकुराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा डेढ सय भन्दा बढी  भारतीय नागरिकहरुलाई राखिएको छ । रक्सौलमा रहेको क्वारेन्टिनमा १५ जना नेपाली रहेका छन । 

जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगरमा शनिबार बिहानसम्म ५३ जना भारतबाट हिँडेरै गाउँ आइपुगेको हुन । गाउँपालिकाले उनीहरु सबैको पहिचान गरि  क्वारेन्टिनमा राख्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनु भयो  ।

 

शुक्रवार बेलुकासम्म ४७ जना आएकोमा शनिवार बिहान ६ जना थपिएका हुन् ।चन्द्रनगरसँगै ईश्वरपुर, हरिपुर, चक्रघट्टा र छिमेकी जिल्ला महोत्तरीको गौशालाका समेत केही मानिस सँगै आएका पाइएको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो ।

 

उहाँले अझै केही मानिस कोभिड–१९ अर्थात कोरोना भाइरस फैलिरहेको भारततर्फबाट आइरहेको सूचना पाएपछि जोखिम बढ्नुका साथै यहाँ आएपछि कहाँ राख्ने भन्ने चिन्ता थपिएको बताउनु भयो । 

लकडाउनकै समयमा भारतकोे कोरोना संक्रमित क्षेत्रबाट मजदुरहरु गाउँँ भित्रियपछि स्थानीयबासी त्रसित भएको गापा अध्यक्ष महतोले जानकारी दिनु  भयो । अझै भारतमा काम गर्न गएका सयौं मजदुर हिँँडेर आईरहेको खबर पाएको अध्यक्ष महतोको भनाई छ ।

लुकिछिपी गाउँ आएकाहरुबाट कोरोना फैलीने जोखिम हुने भएकाले क्वारेन्टाइनमा बसिदिन चिकित्सकले आग्रह गरिरहेका छन् ।

 

जिल्लाको खुला सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर गस्ती गरिरहे पनि उखु बारी, खेतको आली खोलाबाट मानिस आइरहेका छन। त्यसरी आउनेलाई रोक्न भारतीय अधिकारीसँग समन्वय भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो ।तर भारतीय सुरक्षा निकायले यसलाई गम्भिरता पूर्वक लिएको छैन बरु नेपालबाट कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाएको भन्दै नेपाल र नेपालीलाई आरोप लगाउने गलत काम गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.