logo

भारतीय संचार माध्यमले दुष्प्रचार गरेः प्रशासकीय अधिकृत गिरी

      4/10/2020 गते 00 00 मा प्रकाशित     1166   पटक पढिएको

बीरगंज २८ चैत । 
शुक्रवार भारतीय संचारमाध्यममा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालाई भाइरसको संक्रमण फैलाएको आरोप लगाउदै भारतीय संचार माध्यमले समाचार प्रशारण गरेको बिषयप्रति जगरनाथपुर गाँउपालिकाले गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै पालिका अध्यक्ष जालिम मिया मन्सुरीको नाम जोडेर कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाउने भनि दुष्प्रचार गरेको जनाउनु भएको छ । 
भारतीय संचारमाध्यमहरुले बिना कुनै तथ्य र प्रमाणको आधारमा नेपाली नागरिकको चरित्र हत्या गर्नु आफैमा गैर जिम्मेवार काम हो बिज्ञप्तिमा लेखिएको छ । 

        अहिलेको वर्तमान कोरोना महामारीको समयमा नेपालको ७ सय ५३ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कोरोना महामारी रोकथाम र जनतालाई राहत सामग्री उपलब्ध गराउने कार्यमा दिनरात खटिरहेका छन ।

 

यस्तो  अवस्थामा कुनै पनि नेपाली निर्वाचित जनप्रतिनिधिलाई “कोरोना फैलाउने योजना बनायो” भनि लान्छना लगाउनु एकदमै निन्दनीय कार्य हो बिज्ञप्तिमा उल्लेख छ । 

 मित्र राष्ट्र भारतको  सन्चार माध्यमहरुले तथ्यहीन  आधारमा नेपालका निर्वाचित जनप्रतिनिधिको चरित्र हत्या गर्ने कामको सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले तुरुन्त नेपालस्थित भारतीय दुतावाससंग खेद प्रकट गर्न माँग गर्दछौ । 


जगरनाथपुर गाउँपालिकाका अध्यक्ष  जालिम मिया मन्सुरी अहिले जगरनाथपुर गाउँपालिकामै बसी आफ्नो जनतालाई राहत वितरण गराउने कार्यको व्यवस्थापनमा सक्रिय रहनु भएको व्यहोरा समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौ भनिएको छ । ्र    
  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.