logo

दोलखामा जोखिम न्यूनीकरणमा स्थानीय प्रशासनको कदम, राहत बितरणमा प्रतिवन्ध

      4/9/2020 गते 00 00 मा प्रकाशित     882   पटक पढिएको

बीरगंज २८ चैत । 
दोलखामा लकडाउन अवधिभर राहत सामग्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना सङ्क्रमणको जोखिम अवस्थामा सुरक्षाका सामग्री भन्दै जिल्लाका विभिन्न स्थानमा साबुन, मास्क, खाद्यान्नलगायत सङ्कलन र वितरण भएपछि यस अवधिमा जुनसुकै प्रकारका सामग्री सङ्कलन र वितरणमा स्थानीय प्रशासनले प्रतिबन्ध गरेको हो ।

विभिन्न सङ्घसंस्था, फर्म, कम्पनी तथा व्यक्तिहरूले स्वास्थ्यसँग सम्बन्धित सामग्री तथा खाद्यान्न सङ्कलन र वितरण गर्नु परेमा सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्रै गर्न सकिने जनाएको छ ।

इन्सेक प्रतिनिधिलगायत जिल्लाका नागरिक समाजका सङ्घसंस्था, सञ्चारकर्मीहरूले स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै लकडाउनलाई थप कडाई गर्न, राहत सङ्कलन र वितरण कार्यलाई व्यवस्थित गर्न आग्रह गरेका छन् ।

दोलखा जिल्लामा कोरोनाको लक्षण भएका बिरामी भेटिएका छैनन् । जिल्लामा हाल जिल्ला बाहिरबाट आएका २५ जनालाई क्वारेण्टाइनमा राखिएको छ ।

बैत्यश्वर गाउँपालिका(४ र ५ मा नयाँ मानिस आवतजावत रोक्न भन्दै सिमा नाका बन्द गरिएको छ । वडा नं ४ का अध्यक्ष कुमार बस्नेत र वडा नं ५ का अध्यक्ष माधव बस्नेतले रातको समयमा बाहिरी मानिसहरू सवारी साधनसहित आवतजावत गर्ने गरेको र त्यस्ता व्यक्तिहरूबाट कोरोना सङक्रमण फैलने सम्भावनालाई रोक्न नाका बन्द गरिएको इन्सेकअनलाईनमा खवर छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.