logo

झण्डा प्रयोग गर्न पाउने अग्रवाल कालोबजारीमा पक्राउ पछि अवैतनीक दुतको सुविधा खेसियो

इसीमाना सम्वाददाता

      4/8/2020 गते 00 00 मा प्रकाशित     1557   पटक पढिएको

काठमाण्डौ २७ चैत । 
भनिन्छ कालोबजारी गर्नेहरुको कुनै जात, धर्म  सम्प्रदाय हुँदैन । यो भनाईलाई पुष्टि गरे  शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ।

मारवाडी समुदायको संस्थाले राहतमा थर्मल गन बितरणकालागि अग्रवालसंग किन्न खोजेको थियो  १५ हजार बाट एक पैसा तल झरेनन । 

चीनबाट २५ डलरमा झिकाएको कोरोना नियन्त्रण तथा रोकथामका इक्विपमेन्ट (थर्मल गन, पीपीइ) लगायत अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेर कालोबजारी गरे ।

सरकारले चार्डर्ड गरेको चीन पठाएको बिमानमा सेटिंग मिलाएर निजी सामान ल्याउन सफल भएका अग्रवाल कालोबजारी गरेर धेरै पैसा कमाउने चक्करमा सक्रिय हुँदा नराम्रोसँग फसे ।

 

उनलाई राज्यले देशको प्रतिनिधित्व गरेर किर्गिजिस्तानको अवैतानिक दूत बनायो । दुत बापत पाउने सुविधा लिए । देशको इज्जत बढाउलान प्रतिष्ठा उच्चो होला भनेको यस्तो दुर्दानत काण्ड मच्चाए कि सरकारले अवैतनीक दुतहरुलाई दिने सबै  सुविधा खारेज गर्ने अवस्था आयो र खारेज गर्यो । 


राष्ट्र निर्माणमा सर्मित जगदम्बा भन्थे त्यसका मालिक राष्ट्र संकटमा पर्दा लुटनमा ब्यस्त रहे । अग्रवालको यो कालोबजारी काण्डले आम नेपालीलाई झस्काएको छ ।

 

सरकारले अवैतनीक दुत बनाएका सबै ब्यक्ति यस्ते त छैनन । सरकारले हिजोको मंत्रीपरिषद निर्णय बाट उनीहरुको सुविधा खारेज गर्ने निर्णय गरेपछि यो कुराले झनै बल पाएको छ ।

अग्रवाल त गत मंगलबार नीलो प्लेटको मोटरमा थर्मल गन कालोबजारी गरिरहेको बेला ठाउँको ठाउँ रंगेहात पक्राउ परेका थिए । कतिपय अवैतनिक दूतहरुले मुलुकको प्रतिष्ठा उच्च बनाउने काम गर्दै आएको भए पनि कतिपयले भने हदैसम्मको दुरुपयोग गर्दै आएका थिए । त्यसको नमुना बने अग्रवाल । 

सुलभले अवैतनिक दूतको हैसियतले लकडाउनका बेला चलाउन सकिने सवारी पास पनि हात पारेका थिए । जानकार स्रोतहरुका अनुसार केहीलाई छाडेर सबैजसो अवैतनिक दूतहरुले रातो पासपोर्ट समेत हात पारेका छन् ।

 

तर, सुलभले रातो पासपोर्ट हात पारेका थिए कि थिएनन् भन्ने स्पष्ट हुन सकेको छैन । कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका सुलभलाई छुटाउन नेपालका ठूलाठूला शक्तिकेन्द्रहरु लागिपरेका छन् । तर, प्रधानमन्त्री केपी ओली कालोबजारी गर्ने जो कसैलाई कडाभन्दा कडा कारवाही गर्ने अडानमा भएको स्रोतको दावी छ । 


अवैतनिक दूतहरुले राष्ट्रिय झण्डा समेत प्रयोग गर्न पाउँछन् । उनीहरुले अवैतनिक दूतको हैसियतले कार्यालय पनि राख्ने गरेका छन् । 

सुलभ कालोबजारीमा गिरफ्तार भएपछि प्रधानमन्त्री केपी ओलीले कूटनीतिक हैसियतको दुरुपयोग तत्काल छानविन गर्न परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई निर्देशन दिनु भएको थियो  ।

 

यही क्रममा सुलभको कूटनीतिक हैसियतको छानविन भएको बताइएको छ । अवैतनिक दूतको हैसियतमा अन्य अर्बपति व्यवसायीले पनि मर्यादा उल्लंघन गरेको पाइएको छ । यही कारण अवैतनिक दूतहरुलाई दिइएको सबै सुविधा खारेज गरिएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.