logo

मरे मरे बचाउनुस भन्दै कराएका अग्रवालको प्राभइभेट केभिनमा बस्ने इच्छा अपुरै ,सातदिन न्यायीक हिरसातमा

      4/8/2020 गते 00 00 मा प्रकाशित     1689   पटक पढिएको

काठमाडौं २६ चैत  । पैसाकालागि प्रतिष्ठा दाउमा लगाउने कुरा कतिपयलाई सहजै हुन्छ । नेपाल जस्तो भ्रष्टाचार संस्थागत भएको मुलुकमा त अनधिकृत कारोवारका कारण पैसा कमाउनेहरुको सामाजिक प्रतिष्ठा पाउने संस्कृति छ ।

 

फूर्ती र शक्तिको उपयोग तिनैले गर्ने कुरा आम छ नै  । त्यसको पछिल्लो उदाहरण सुलभ अग्रवालको रुपमा बाहिरिएको छ । सुलभ नाम भएका तर असहज अवस्था सृजना गरेर धन जम्मा गर्ने समाज भित्र अरु पनि धेरै छन । 

जगदम्बा ग्रुपका अध्यक्ष सुलभ अग्रवाललाई पैसाको कमी थियो र ? संकटको घडीमा उनी कालो बजारी गर्दै हिडनु पर्यो ? यस्ता प्रश्न कतिपयको मनमा उठछ तर मुलुकले असहज र संकट परेको बेलामै कमाउन पल्केकाहरुकोलागि त यस्ता महामारी अवसर नै हुने गर्दछ । 

अग्रवाल किन समातिए?

सुलभ अग्रवाललाई प्रहरीले समातेर कालोबजारी नियन्त्रणमा भूमिका खेल्यो भन्ने लाग्ला तर प्रहरीको यो काममा एउटा इमान्दार प्रयत्न बाहेक अरु दक्षता भने देखिदैन । प्रहरीले परिचालन गरेको जनशक्तिले दिएको सूचनाका आधारमा अग्रवाल प्रहरीको हात लागेका होइनन ।

 

कुटनितिक नियोगको नम्बर प्रयोग गरेर काठमाण्डौ बिनाकुनै रोकटोक गाडी कुदाउदै आएका अग्रवालले कतिपय अवस्थामा प्रहरीको सलाम भेट्थे ।

 

त्यस्तो भिआइपीलाई प्रहरीले शंकाको आधारमा हेर्ने सम्मको दुष्साहस गर्ने कुरै थिए । कोरोना भाइरसको संक्रमणको फैलावट जुन गतिमा भएको छ त्यसको पहिचान नियन्त्रणकालागि बिभिन्न उपकरणको आवश्यकता त छदैछ । ज्वरो नाप्ने थर्मल गन अहिले देश भरिका स्थानीय तहहरुले किन्न खोजिरहेका छन ।

 

संसार भरि यसको खपत बढेकोले पर्याप्त पाउन पनि गार्हो छ । तर ठुला घरानकाले बढी लगानी गरेर अभाव सृजना गरेर ५ हजारको बस्तु १५ हजारमा बेच्ने काम हुने नै भयो ।

 

पश्चिम तिरका एक जना सप्लार्यसलाई थर्मल गन चाहियो  उता सप्लाई गर्न । अग्रवालसंग माल भएको उनले बुझेका थिए। अग्रवालसंग कुरा हुदा १५ हजारबाट एक पैसा नघटेपछि “अप्रेशन”को योजना तयार भयो । त्यसपछि मात्र प्रहरी क्रिेता बन्यो र अग्रवाललाई फन्दा पार्न सक्यो । 


अस्पतालमा बस्ने अग्रवालको जुक्ति 

अग्रवाललाई दरबारमार्गस्थित प्रहरी बृत्तको हिरासतमा राखेको छ । शुरुमा हिरासतभित्र छिर्नै नमानेका सुलभलाई प्रहरीले त्यहाँ छिराउन बल प्रयोग गर्नुपरेको थियो ।

हिरासतमा राखिएलगत्तै शुरु भयो, नाटक । उनको जुत्ता,मोजा र बेल्ट खोल्दै प्रहरीले मोबाइल,पर्स, घडीजस्ता सामान ड्युटी अफिसरको जिम्मा लगायो । अनि, सुलभ छाती समाउँदै कराउन थाले, ‘मरेँ मरेँ‘मलाई बचाउनुस्‘’

अग्रवालले नर्भिकमा लैजान भनेका थिए । तर प्रहरीले सरकारी अस्पताल र चिकित्सककोमा बाहेक निजीमा लान नमिल्ने बताएर उनको वतानुकुलित कक्षमा बस्ने धोको तुहाइदिए ।

यसो त मंत्री ठुला नेता  ब्यपारी र  प्रहरीकै उच्च पदस्थ अधिकारीले उनको सुविधाकालागि सिफारिश गरेका थिए । तर अदालतको आदेश बिना निजीमा लान नमिल्ने भएपछि अग्रवाल बीर अस्पताल पु्र्याइए ।

अग्रवाल सात दिन न्यायीक हिरसातमा 

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।


थर्मल गनको कालो बजारी गरिरहेको अवस्थामा मंगलबार  प्रहरीले अग्रवाललाई नक्सालबाट समातेको थियो । 


शंकर ग्रुपका सन्चालक  नेपाल उधोग परिसंघका उपाध्यक्ष समेत रहेका अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ । यद्यपि उनले प्रहरीलाई प्रारम्भिक वयान दिँदा सो आरोप अस्वीकार गर्दै आएका छन् ।


उनले आफ्ना कर्मचारीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री लकडाउन अघि नै काठमाडौंको न्यूरोडबाट किनेको बताएका छन् ।

उनी कूटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बिक्रीका लागि नक्साल पुगेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको दाबी छ ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ हुने सुरक्षा स्रोतले बतायो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.