logo

राजपा सह महासचिव सेमानीको ठहर, प्रदेश सकारले पनि बिभेदरहित काम गर्न सकेन

      4/5/2020 गते 00 00 मा प्रकाशित     1197   पटक पढिएको

बीरगंज २४ चैत ।

राष्ट्रिय जनता पार्टीका सह महासचिव नेजामुदिन समानीले सोमवार एक बिज्ञप्ति जारी गर्दै मधेश आन्दोलनको बलमा स्थापीत भएको सरकारले समेत बिभेदरहित ब्यवहार गर्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ । 


उहाँले प्रदेश सरकारका यस्तो रबैयाले  मधेशी जनताले बलिदानीपूर्ण संघर्षबाट स्थापित गरेको संघीयता नै बदनाम भएको भन्दै प्रदेश सरकारलाई समान ब्यवहार गर्न आग्रह गर्नु भएको छ ।


बीर अस्पताल संगैको बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालले पहिला देखिनै समान ब्यवहार पाएको थिएन । बीर अस्पताल शिक्षण अस्पताल भयो तर नारायणी अस्पताल जहाको तेही रहेको छ । भौतीक पूर्वाधार राम्रो छैन । अन्य सुविधा पनि छैन ।

 

समान्य सरसफाईको समेत अभाव झेलीरहेको नारायणी अस्पताल र त्यसमा कार्यरत चिकित्सक नर्स पारमेडिक्स कर्मचारी तथा अन्य सबैलाई आफनो दायित्व निर्वाहमा देखाउनु भएको सजगता क्रियाशिलता र इमान्दारिताकालागि धन्यवाद दिन चहान्छु । सेमानीले जारी गर्नु भएको बिज्ञप्तिमा निकै भावुक रुपमा लेख्नु भएको छ । 

 


उहाँले आन्दोलनको पृष्ठभूमी पनि समरण गर्नु भएको छ । मधेश आन्दोलन बिभेदको बिरुद्ध भएको थियो बिज्ञिप्तमा उहाँले लेख्नु भएको छ “सासद मंत्री र मुख्यमंत्री बनाउने र बिभेदलाई कयमै राख्नकोलागि आन्दोलन भएको थिएन ” । 


कोरोना भाइरसको संक्रमणले समस्या पारेको बेलामा प्रदेश सरकारले नारायणी अस्पताललाई गरेको ब्यवहारले दुःखीत सेमानीले प्रदेश सरकारले चिकित्सकको सुरक्षा उपकरण दिदा समेत बिभेद गरिएको उल्लेख गर्नु भएको छ । 


संघीय सरकारले जनकपुरको प्रादेशीक अस्पताललाई देखाएर नारायणी अस्पताल उपर बिभेद गर्यो , प्रदेश सरकारले बिभेद गरेको नारायणी अस्पताल देखाएर पोखरियामा रहेको जिल्ला अस्पतालमाथि बिभेद गर्यो ।

 


उहाँले बीरगंजको नारायणी अस्पतालमा भेन्टिलेटटर,सीटी स्क्यान,कोरोना भाइरसको परिक्षणको मेशीन नहुनु दूर्भाग्यपूर्ण भएको उल्लेख गर्नु भएको छ । उहाँले सबे जिल्लामा ५० शैय्याका सुविधा सम्पन्न अस्पतालहरु बनाउन समेत माँग गर्नु भएको छ ।


यस अघि प्रदेश सरकारका तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले  गत बिहिवार वीरगन्जको नारायणी अस्पताललाई ५० थान पिपिइ कीट, २ सय थान ग्लब्स र माक्स र पोखरिया जनस्वास्थ्य कार्यालय लाई २० थान पिपिइ कीट, २ सय थान ग्लब्स र माक्स उपलब्ध गराउनु भएको थियो । त्यसै गरी बाराको कलैया अस्पतालको लागि ३० थान पिपिई किट, ४ सय थान ग्लब्स  १ सय थान माक्स र जनस्वास्थय कार्यालय बारालाई पिपिई कीट २० थान, ग्लब्स एक सय थान र माक्स ५ सय पिस उपलब्ध गराउनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.