logo

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल

      4/5/2020 गते 00 00 मा प्रकाशित     935   पटक पढिएको

काठमाडौँ२३ चैत,  । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकका तर्फबाट हुने सहयोगले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताउनु भएको छ ।

 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) बुझ्दै मन्त्री ढकालले बताउनु भएको हो  ।

उहाँले सरकारले पनि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ । उहाँले स्वास्थ्यकर्मी र चिकित्सकलाइ स्वास्थ्य सामग्री अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याउनु भयो ।

उहाँले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको  काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको बताउनुभयो ।

 

मन्त्री ढकालले दीर्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको बताउनुभो । उहाँले भन्नुभयो ‘यति लामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालको सेवा सातै प्रदेशमा लैजाने काम व्यवहारमै गरेका छौँ ।’

मन्त्री ढकालले स्वास्थ्यका केही सामाग्री उपलब्ध भए पनि अझै पूर्ण रूपमा सामाग्री संकलन गरेर सम्बन्धित ठाउँमा पुर्याउने काम भैरहेको उल्लेख गर्नुभयो ।

 

उहाँले कोरोनाको विरूद्ध सरकारले उच्च सतर्कता र सावधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको बताउँदै यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बताउनुभयो ।

 

मन्त्री ढकालले रोगबाट जोगिन सकियो र नेपाली जनतालाइ पनि बचाउन सकियो भने बाँकी कुरा पछि गर्न सकिने भन्दै अहिले हिलो छ्याप्ने काम बन्द गर्न अनुरोध गर्नुभयो ।

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पिपिइ हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको  तीन सय थान पिपिइ हस्तान्तरण गरेको छ । संकटको समयमा सरकारलाइ सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुबै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.