logo

लकडाउन अझै कडा अव एक तहबाट अर्को तहमा जान नपाइने ,कोरोनाको र्‍यापिड टेष्ट हुनेः मंत्री खतिवडा

      4/4/2020 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

काठमाण्डौ २२ चैत । सरकारले कोरोना भाइरसको संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड कोरोना परीक्षण गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कैलाली कञ्चनपुर बागलुङमा र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनु भयो ।

उहाँका का अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकालाई पुन पिसिआर परीक्षण गरिने छ। सरकारले थप संक्रमण फैलिनबाट रोक्नकालागि ¥यापीड टेष्ट गर्न लागिएको हो । यो टेस्टिङ मास स्केलमा गरिने उहाँले बताउनु
 भयो ।

सरकारले कोरोना नियन्त्रणकालागि गरिएको प्रयासको समिक्षा गरेको छ । संक्रमणको संख्या कम देखिएको प्रति भने सरकारले सन्तोष ब्यक्त गरेको छ । पछिल्लो पटक पश्चिम  नेपालमा संक्रमणको घटना सार्वजनीक भएपछि लकडाउनलाई अझ कडा बनाउने सरकारले निर्णय गरेको छ ।

बन्दाबन्दीको अवस्थामा एक प्रदेशबाट अर्को प्रदेशमा एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ । सरकारको यो निर्णयमा प्रदेश सरकार र स्थानीय सरकारले समेत प्रभावकारी रुपमा कार्यान्वयन गराउने छ । 
स्वास्थ्यकर्मीहरुकोलागि बिमा प्रोत्सान भत्तको ब्यवस्था गरेको सरकारले सुरक्षा उपकरण छिटो उपलब्ध गराउनेर निश्चित प्रोटकलका आधारमा स्वाथ्यकर्मीहरुलाई काम लगाइने र उनीहरुको सबै प्रकारको सुरक्षा मिलाईने निर्णय भएको मंत्री खतिवडाले जानकारी दिनु भयो । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउनेलाई प्रतलीत अनुसार कारवाही हुने उहाँले बताउनु भयो ।

आजको बैठकले अधिवक्ता रविन्द्र भट्टराई र कुनसाङ लामालाई फौजदारी  सजाय निर्धारण समितिमा  र पीडित संरक्षण समतिको सदस्यमा  डा शंकर कुमार श्रेष्ठ लाई नियुक्त गरिएको जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.