logo

चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

      4/4/2020 गते 00 00 मा प्रकाशित     1120   पटक पढिएको

काठमाण्डौ २२ चैत ।  सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ ।

 

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गर्नुभएको हो ।

उहाँले पिपिइ धेरैले नभएकाले बिरामीलाई मात्र समुचित प्रयोग गर्न आग्रह गर्नुभएको हो । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को सङ्क्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टाइन अवधि बढाइने जानकारी दिनुभयो ।

आज कैलालीमा दुई जना र कञ्चनपुरमा एक जना थप सङ्क्रमित देखिएका हुन् । कैलालीमा दुई जनामध्ये एक जना महिला पहिले सङ्क्रमित रहेको परिवारका सदस्य रहेको उहाँले बताउनुभयो । “ महिला बाहिर कहीँबाट आएको देखिँदैन । पहिले धनगढीमा देखिएको परिवारका सदस्य हुन्” उहाँले भन्नुभयो ।

उहाँका अनुसार सङ्क्रमण देखिएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उहाँले एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनमा बस्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय मानिसमा पनि सङ्क्रमण देखिएकोले क्वारेन्टाइनको अवधि बढ्ने बताउनुभयो ।

 

डा. देवकोटाका अनुसार अहिलेसम्म एक हजार ४४१ को नमूना परीक्षण भएको छ भने १५ जना काठमाडौँमा र ५४ जना उपत्यका बाहिर आइसोलेसनमा रहेका छन् । यसैगरी मन्त्रालयको दुई वटा कल सेन्टरमा आज मात्र तीन हजार ४६५ जनाले प्रश्न सोधेका छन् ।

यसैगरी मन्त्रालयको वेबसाइट र मोबाइल एपमा राखिएको कोभिड– १९ को फाराम आफैले भरेर पठाउने छ हजार ५२७ जनामध्ये १२६ लाई रेड जोनमा राखिएको छ ।

 

परीक्षणका क्रममा ती मानिसमा ज्वरो, रुघाखोकी आउने गरेको उहाँले बताउनुभयो । यसैगरी चितवन र बुटवलमा भोलि आइतबारदेखि कोभिड– १९ परीक्षण गरिनेछ । जनकपुर, हेटौँडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण गरिएको थियो ।रासस

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.