logo

२० बेडको आइसोलेशन तयार,प्रयोगशाला नदिए अनशनमा उत्रिने सांसद यादवको चेतावनी

      4/4/2020 गते 00 00 मा प्रकाशित     1230   पटक पढिएको

बीरगंज २२ चैत ।

नारायणी अस्पतालमा बितेको ४८ घण्टामा बनेको २० बेडको आइसोलेशन वार्डआज दाताले अस्पताललाई हस्तान्तरण गर्नुृ भएको छ ।  यो भन्दा अगाडि नाारयणी अस्पतालमा ५ बेडको आइसोलेशन  वार्ड संचालनमा थियो ।

 

बीरगंजमा निजी अस्पतालहरुले ज्वरोको बिरामीलाई  चेकजाँच गर्न छोडेपछि नारयाणी अस्पतालमा बिरामीको चाप बढेको थियो । बिरामीको चाप बढेपछि नारायणी 

अस्पतालले दवाव महशुस गरेको थियो । यही वीचमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्याय संघीय सासदका सदस्य प्रदीप यादवको पहलकदमीमा २० वेडको आइसोलेशन वार्ड निर्माण भएको हो । 

 


वार्ड हस्तान्तरण गर्दै सासद यादवले सहयोग गर्ने दाता जग्गदम्बा ग्रुपमा सञ्चालक राजेश अग्रवाल र रुगंटावेल फेयरका सुरेश रुङगटा संजय खेतानलाई धन्यवाद ज्ञापन गर्नु भयो । करिब १० लाखको लागतमा आइसोलेशन वार्ड स्थापना गरिएको हो ।


आइसोलेशन वार्ड बनेपछि सासद यादवले बीरगंजमै कोरोना भाइरसको संक्रमणको परिक्षणकोलागि प्रयोगशाला निर्माण गर्न माँग गर्नु भएको छ ।

 

प्रदेश र संघ सरकारले अस्पताललाई भेदभाव गरेको भन्दै सासद यादवले प्रयोगशाला निर्माण नगरे नागरिकको स्वास्थ्य सुरक्षाकालागि अनशन बस्ने सम्मको घोषणा गर्नु भयो ।

 ५० बेडको आइसोलेशन वार्ड भएको घोषणा गरेको नेशनल मेडिकल कलेजले बिरामीको भर्ना समेत लिन नमानेपछि नारायणी उपक्षेत्रीय अस्पतालमै बेड थप्न लागिएको हो ।
 

आइसोलेशन बेड करिब ४८ घण्टामा तयार भएको हो । भूकम्प टोर्नाडो जस्तो बिपत्तीमा भूइमै राखेर पनि उपचार हुन सक्थ्यो डा. उपाध्यायले भन्नु भयो “ कोरोना भाइरसको संक्रमीतकोलागि सम्बेदनशील उपचारकक्ष चाहिने भएकोले  आइसोलेशन बेड थप्नुको बिकल्प रहेन” । नयाँ बनेको आइसोलेशन वार्डमा अव आइतवार सोमवार सम्ममा बिरामीलाई सार्ने  डा. उपाध्यायले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.