logo

बिरामीको उपचार नगर्नु मानवता बिरोधी अपराधीक काम होः नागरिक समाज

      4/3/2020 गते 00 00 मा प्रकाशित     1472   पटक पढिएको


बीरगंज २२ चैत ।

महामारीको संकटपूर्ण अवस्थामा बिरामीहरुलाई उपचार नगर्ने बीरगंजका निजी अस्पतालहरुको रबैया प्रति नागरिक समाजले असन्तुष्टि ब्यक्त गरेको छ । नागरिक समाजका अगुवाहरुको अनलाई बैठक पछि जारी प्रेस बिज्ञप्ति मार्फत यस्तो असन्तुष्टि जनाइएको छ ।
चिकित्सकहरुले ज्यान जोखिममा हालेर बिरामीको उपचार गरिहेका छन । उपचारका दौनामा कैयौ चिकित्सकको ज्यान गएको छ । तर आफनो पेशागत धर्ममाथि प्रश्न उठाउने ठाउँ दिएका छैनन ।  

 

अरुवेला कमिशन दिएर बिरामी तान्नेहरुले यो जटिल अवस्थामा आपना चिकित्सकहरुलाई सुरक्षा उपकरण नदिएर ,बिरामीलाई उपचार पाउने नैसर्गिक अधिकारबाट बन्चित गर्ने काम मानवता रिोधी अपराधीक काम भएको नागरिक समाजको ठहर छ ।


 मानवीय संकटको यस घडिमा अस्पतालहरुले बिरामीको उपचार नगर्दा संविधानले सूनिश्चित गरेको आम नागरिकले बाँच्न पाउनुपर्ने अधिकार र स्वास्थ्य सम्बन्धि हकको गम्भीर उल्लंघन भईरहेको छ ।

 

समाजले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । समाजले राहत बितरणमा भेदभावका गुनासा,खाद्य सामाग्रीको कालोबजारी र मंहगी बढनुले  आम नागरिकमा थप असहज अवस्था सृजना गरेको उल्लेख गरेको छ । आम नागरिकको जीवन यापन सहज बनाउनका लागि तीन तहको सरकारलाई नागरिक समाजले सुझाव समेत दिएको छ । 

नागरिक समाजले दिएको सूझावहरु

१ .अस्पतालहरुमा आम नागरिकको उपचार सहज गरियोस् ।
२ .उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सुरक्षामा गम्भीर ध्यानाकर्षण होस् ।
३.वास्तविक पीडित पहिचान गरि सहज ढंगले राहत वितरण गरियोस् ।
४.दैनिक उपभौगय वस्तु तथा खाद्यान्नहरुको आपूर्ति सहज बनाईयोस् ।
५.संकटको घडीमा कुनैपनि बाहानामा भ्रष्टाचारलाई संस्थागत गर्ने काम नगरियोस् ।
६.अतिआवश्यकीय औषधिहरुको सहज उपलब्धताको ग्यारेण्टी गरियोस् ।
७.महामारीबाट बचाउने कार्यमा तीनै तहका सरकारहरुले आपसी समन्वय होस् ।


नागरिक समाजको तर्फबाट हस्ताक्षरकर्ताहरु 
१. गोबिन्द देवकोटाः                महासचिव ,सामुदायीक रेडियो प्रशारक संघ -अकोराव
२.केसी लामिछानेः                 अध्यक्ष ,उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर–२
३.बालगोपाल थापाः               अध्यक्ष ,पाठशाला नेपाल, पर्सा
४.तवरेज अहमदः संयोजक ,मानव अधिकार निगरानी समूह, पर्सा 
५.शिवनाथ यादवः संयोजक ,  जवाफदेहिताका लागि हाम्रो अभियान, पर्सा
६. कमल मोहन पोखरेलः       पूर्व अध्यक्ष ,नेपाल मानव अधिकार संगठन, पर्सा
७. अमर बहादुर गौतमः        अध्यक्ष ,मानव अधिकार तथा शान्ति समाज, पर्सा
८ नीरज पिठाकोटे मगरः         इन्चार्ज ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ–फोनिज, प्रदेश–२ 
९ अजित भूजेलः                   अध्यक्ष उपभोक्ता हित संरक्षण मञ्च, वीरगन्ज महानगरपालिका
१० निला रामः                       महिला अधिकारकर्मी
११ गीता भण्डारीः                  केन्द्रीय सदस्य ,समग्र उद्योग ट्रेड युनियन
१२ कविता खड्काः                क्रियाशील पत्रकार महिला
१३ शैलेन्द्र कुमार चौरसियाः      सचिव ,उच्च अदालत बार एशोसिएसन अस्थायी इजलास, वीरगन्ज
१४ इब्राहिम देवानः               अध्यक्ष ,सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सा०
१५ कमल चौगाईः                अध्यक्ष ,बीरगंज युवा समाज
१६ प्रकाश थारुः                  सामाजिक अभियान्ता

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.