logo

सम्बिधा सभा सदस्य रुङटाले नारायणी अस्पताललाई उपकरण उपलब्ध गराउने

      4/3/2020 गते 00 00 मा प्रकाशित     892   पटक पढिएको

बीरगंज  २१ चैत ।
सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका युवा नेता अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई आवश्यक उपकरण उपलब्ध गराउने हुनु भएको छ  ।

शुक्रबार अस्पतालको अवस्था बुझ्न पुग्नु भएका नेता रुङगटाले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायलाई आवश्यक उपकरण उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।

 

रुगंटाले तत्काल ३ थान ग्यास आपुर्ती गर्ने अक्सिजन कनर्सन्ट्राक्टर उपलब्ध गराउने बताउनु भयो ।  नेता रुगंटाले भन्नुभयो “ आवश्यक परे अस्पतालको प्रसृती गृहको खाली रहेको तेश्रो तल्लामा आइशोलेसनको लागि सम्पूर्ण व्यवस्था मिलाउन समेत तयार रहेको छु ।


भेटका क्रममा डा.उपाध्यायले  निजी अस्पतालमा विभिन्न बहानामा विरामीहरुलाई भर्ना लिन नमानेपछि ह्वातै विरामीको संख्या  बढेको बताउनु भएको थियो  । थप उपकरणहरुको अभावमा गम्भीर प्रकृतीका विरामीलाई यहाँबाट बाध्य भएर रेफर गर्नु परेको उहाँले गुनासो गर्नुभएको थियो ।

 

अस्पतालमा आउने विरामीलाई सघन उपचार हुनुपर्छ यहाँबाट उपकरणको अभावमा अन्त रेफर गनुर्रु पर्ने अवस्था आउन नदिने भन्दै २४ घण्टा सहयोग उपलब्ध गराउन आफू तयार रहेको नेता रुङटाले बताउनु भयो । 

नेता रुङटाले अस्पताललाई सेनेटाईजर गर्नको लागि आवश्यक किटनाशक औषधि समेत उपलब्ध गराउनु भएको छ।  करिब ३५ लिटर किटनाशक औषधि उपलब्ध गराएर अस्पतालको सम्पूर्ण भागलाई सेनेटाईजर गरिएको थियो ।


सो अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व जिविस सभापति  जर्नादन सिंह क्षेत्री, अस्पतालका चिकित्सक डा. विरेन्द्र प्रधान, डा. उदयनारायण सिंह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.