logo

बीरगंजका दुईमा कोरोना संक्रमण भेटिएन,परिक्षणकालागि थप अड्तीस जनाको स्वाब पठाइयो

      4/3/2020 गते 00 00 मा प्रकाशित     1272   पटक पढिएको

वीरगञ्ज २१ चैत ।
वीरगञ्जका दुईजनामा गरिएको परिक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ भेटिएको छ ।  दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको  थियो  ।

 

कोरोना संक्रमणको आशंकामा पर्साको ठोरी गाउँपालिका–२ बाट वीरगञ्ज ल्याइएका युवक र उनको भाइको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । चैत १८ गते राति अस्पताल आइपुगेका उनीहरुलाई प्रारम्भिक जाँचपछि आईसोलेसनमा राखिएको छ ।


 परिक्षणको रिपोर्ट आएको छ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मदन उपाध्ययाले भन्नुभयो“रिपोर्ट नेगेटिभ छ ”। यो रिपोर्ट आएसंगै ठोरीका नागरिकले राहत महशुस गरेका छन । रिपोर्ट नेगेटिभ आएपनि उनीहरुको ट्राभल हिस्ट्री हेरिने डा.उपाध्यायले बताउनु भयो । उहाँले यो केशमा रिपोर्ट नेगेटिभ आएपनि सबैले सचेतना अपनाउनु पर्ने र सर्तक हुन समेत उहाँले आग्रह गर्नु भएको छ । 


बीरगंजको नारयाणी अस्पतालमा रहेको आइसोलेशन वार्डमा अहिले पनि पाँच जना उपचारकालागि राखिएका छन । त्यसमा पर्साका २ जना अन्य बारा र रौतहटका रहेको डा.उपाध्यायले जानकारी दिनु भयो ।

 

अस्पतालले आज ३ जनाको गरि ३८ जनाको थ्रोट स्वाब परिक्षणकोलागि केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको उहाँले बताउनु भयो । बीरगंजमा रहेका क्वारेन्टाइनमा ४० भन्दा बढी ब्यक्तिहरुलाई राखिएको समेत उहाँले जानकारी दिनु भयो । 

आइसोलेशन बेड अरुको घोषणा, नारायणीमा निर्माण

नारायणी अस्पतालमा हाल ५ बेडेको आइसोलेसन छ । त्यसमा  २० बेड थप बनाइने भएको छ ।  ५० बेडको आइसोलेशन वार्ड भएको घोषणा गरेको नेशनल मेडिकल कलेजले बिरामीको भर्ना समेत लिन नमानेपछि नारायणी उपक्षेत्रीय अस्पतालमै बेड थप्न लागिएको हो ।

 

बीरगंजका निजी अस्पतालले सबै बिरामीलाई नारायणी अस्पतालमा पठाउन थालेपछि अस्पतालले बिरामीको चापको दवाव महशुस गरेपछि बेड बढाउने पहलकदमी लिएको हो । डा.उपाध्यायको यो पहलकदमीमा पर्साका क्षेत्र नं १ का सासद प्रदिप यादवको उल्लेखनीय सहयोग रहेको छ ।

 

आइसोलेशन बेड करिब ४८ घण्टामा तयार हुदैछ । भूकम्प टोर्नाडो जस्तो बिपत्तीमा भूइमै राखेर पनि उपचार हुन सक्थ्यो डा. उपाध्यायले भन्नु भयो “ कोरोना भाइरसको संक्रमीतकोलागि सम्बेदनशील उपचारकक्ष चाहिने भएकोले  आइसोलेशन बेड थप्नुको बिकल्प रहेन” । जग्गदम्बा ग्रुपमा सञ्चालक राजेश अग्रवाल र रुगंटावेल फेयरको आर्थिक सहयोगमा करिब १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको हो ।

 

वार्डको धेरै काम सकियो । शनिवार सम्ममा दाताले हस्तान्तरण गरि सक्ने र सोमवार सम्ममा त्यसमा बिरामीलाई सारेर उपचार गरिने तयारी भइरहेको डा.उपाध्यायले जानकारी दिनु भयो ।


सजिलो बेलामा कमिशन दिएर बिरामी तान्ने बीरगंजका निजी अस्पताललहरुले संकटको बेलामा मानविय सम्बेदनहिनताको चरम नमुना प्रस्तुत गरेका छन ।

 

ढोकामा पुगेको बिरामीलाई उपचार नगरेर अमानीय रुपमा दुत्कार्दै निकालेका छन। ठिक यही अवस्थामा सरकारी अस्पताल भनेर गिज्याइएको नारायणी उपक्षेत्रीय अस्पतालको नेतृत्वले आँट गरेर नागरिकलाई मावीय ब्यवहार सहित उपचार दिने काम गरेको छ । जसले गर्दा  मध्य तराईका नागरिकमा आशाको संचार गराएको छ ।  

 अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोकलगाए पछि रोगीहरुको चाप बढेको बताउनु भयो। रोगीहरुको चाप बढेपछि काहा राखेर उपचार गर्ने भन्ने दवाव पनि स्वभाविक रुपमा बढयो ।

उहाँले अस्पतालका सबै बिभाग खाली गर्ने सम्मको प्रस्ताव पर्साका प्रमुख जिल्ला अधिकारी सम्म राख्नु भयो । कुनै पनि हालतमा बिरामीको उपचार गर्ने ब्यवसायीक आचार सहिताको पानला गर्ने चिकित्सक डा.उपाध्यायको यो प्रस्तावले पूर्णता नपाएपछि थप बेड निर्माणको बिकल्पमा लाग्नु पर्ने भयो ।

 

 बिकल्पले २० बेडको आइसेलेशन वार्ड थपिने आधार बनायो । 
नेशनल मेडिकल कलेज बयोधा अस्पतालले  घोषणा गरेको  आइसोलेशनको ५४  बेडमा के हुदैछ भनेर अहिले कसैले प्रश्न गर्नेवाला पनि छैन । त्यो घोषणा दिनकोलागि थिएन प्रचारकोलागि थियो भन्ने आम मान्छेलाई परेको छ । त्यसैले नारयाणी उपक्षेत्रीय अस्पताल तर्फ नै आशाका नजरहरुले हेरिरहेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.