logo

कोरोना महामारी नियन्त्रणको लागि आवश्यक नीति बनाउने जिम्मा विज्ञहरुलाई

      4/3/2020 गते 00 00 मा प्रकाशित     800   पटक पढिएको

जनकपुरधाम २१ चैत । 
 मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरुलाई दिएको छ ।


निर्देशक समितिले हिजो मात्र गठन गरेको स्वास्थ्य सल्लाहकार समिति संगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नु पर्ने कार्यहरुको तथ्यगत सूचि सहितको नीति निर्माण गर्ने जिम्मेवारी दिनु भएको छ ।


उहाँले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरु संगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह गर्नु भएको हो ।


बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।


सल्लाहकार समितिमा डा. राम केवल साह, डा। सुरेन्द्र यादव, डा। प्रविण मिश्र, डा।काशिकान्त झा, डा। विजय कुमार सिंह, डा। गरिब दास ठाकृुर, डा। जेके लाल रहनु भएको छ ।

 

सल्लाहकार समितिले आजै बाट कार्य प्रारम्भ गरेर यथाशिघ्र आफना सुझावहरु सरकारलाई बुझाउने डा. राम केवल साहले बताउनु भएको छ ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

प्रशासकीय अधिकृत साह सहित ६ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

वीरगंज ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा बिन्दवासीनी गाउँपालिकाका प्रशासकीय अधिकृत सुजित साह सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.