logo

संकटको घडीमा आफनो भण्डारको अन्नपात बितरण गर्नेहरुकै कारण समाज जीवन्त छ

ईसीमाना टिप्पणी

      4/3/2020 गते 00 00 मा प्रकाशित     1219   पटक पढिएको

चैत १९ मा पर्साको बिन्दवासनी गाउँपालिका गर्दौलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का साढे २ सय बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री दिनु भयो ।

 

भोली पल्ट प्रसौनी भाठा र भेलाहमा पनि राहत सामाग्री बितरण गर्नु भयो । पहिलो दिन साढे २ सय वटा परिवारलाई बराबर रुपमा करिब साढे १२ किलो चामल, एक किलो नुन, एक पाउ स्वाबिन मस्यौरा  बितरण गर्नु भयो ।

 

यसरी उहाँले ३ हजार एक सय २५ किलो चामल, साढे २ सय किलो नुन, साढे २ सय वटा मास्क र करिब ६० किलो स्वाबिन मस्यौरा बितरण गनुृ भएको हो ।कोरोना संक्रमणको त्रास छ ।

 

सरकारले लकडाउन घोषणा गरेको छ । रोजीरोटी कमाउने ठाउँहरु बन्द छन । यस्तोमा दैनीक ज्याला गरेर खानु पर्ने मान्छेहरुको बिजोग हुन्छ नै त्यही बिजोग महशुस गरेर तिवारीले आफूसंग भएको स्रोतको परिचालन गरेर आफना गाउँ छिमेकका मान्छेहरु भोकै बस्न नपरोस भने राहत बितरण गर्नु भयो । 

 


हाम्रो समाजको असल पक्ष यही हो र समाजलाई प्रमोद तिवारी जस्तै परोपकारी मान्छेको निस्र्वाथ सेवाले जोडेको छ र जीवन्त बनाएको छ । भोक रोगबाट आफना नागरिकलाई मुक्त राख्नु पर्ने दायित्व त राज्यको हो ।

 

राज्यले गर्दै गर्ला तर आँखा अगाडिको समस्या टुलुटुलु हेरेर बस्ने होइन आवश्यकता परेको ठाउमा पुग्ने हो भन्ने भावना हर कोहीमा आउदैन । सीमित मान्छेमा आउने यो भावनाले नै समाजमा न्याय र इमानको मूल्य र मान्यतालाई जीवीत राखेको छ । अनि त आफनै समाज प्रति मान्छेको आड र भरोसा पैदा भएको हुन्छ ।हरेक क्षणमा समाज साहरा छ भन्ने आत्म बिश्वास रहन्छ ।  यद्धपी समाज यही हो राहत पाउने मान्छेको नामावली संकलन गर्दा समेत टाउको फूटने गरि मारपिट पनि हुन्छ ।

 

राजस्वका रुपमा सरकारी खजानामा जम्मा भएको नागरिककै पैसा राहत स्वरुप जरुरतमंद मान्छेलाई उपलब्ध गराउनु राज्यको दायित्व हो ।

 

त्यतिवेला दुई छाक खान नपुग्नेले पाउनु पर्ने राहत हुने खानेले पनि थाप्ने प्रवृतिले सिंगो समाजलाई छि छि दुर दुर पनि गर्छ । तर दुई छाक राहतमा आफनो पारा देखाउनेहरुको अगाडि, आफनो भण्डारमा रहेको अन्नपात आफना छिमेकीहरुलाई दिेने मावनताका पथ प्रर्दशकहरु नै सामाजमा आशा न्याय र इमानको प्रकाश पुञ्ज भएर हमेशा हमेशा रहिरहनेछन । 

 


समस्यामा परेकाहरुलागि सहयोग गर्नेहरु भन्दा पनि लुटन जानेहरुको जमात बढेको यो समाजमा प्रमोत तिवारीहरु निष्पट्ट अध्यारोमा चम्किएको पुञ्ज हुन जसको प्रकाशले मात्र समाजले अग्रगती हासिल गर्छ । समाजमा न्यायको आभाश हुन्छ । मान्छेको बाँच्ने आधार बाचेको हुन्छ । 

बहुदरमाई नगरपालिकाका वडा नं २ का प्रमोद साहले पनि ७५ परिवारलाई राहत बितरण गर्नुृ भयो । चामल दाल नून तेल राहत सामाग्री यिनै हुन ।

 

आफ्नै स्रोतबाट छिमेकीहरु जो दैनीक ज्यालादारीमा जीवन यापन गर्दै आएका थिए उनीहरुलाई साहले राहत बितरण गर्नु भयो । प्रमोद साह पेशाले अधिवक्ता पर्सा बारको नेतृत्व गरिसक्नु भएका उच्चअदालत बारको प्रतिक्षारत अध्यक्ष पनि हुनुहुन्छ ।सार्जजनीक ब्यक्तित्व भएका कारण उहाँले राहत बितरण गर्नु भएको होला ।

 

तर लो प्रोफाइलमा बसेर आफनो काम गरेर घर ब्यवहार चलाउने मगनी साह जस्ता ब्यक्ति यतिवेला समाजमा निस्किएका छन र आफनै भकारीबाट धान छिकेर कुटेर चामल बनाएर आवश्यक मान्छेको चुले बाल्ने काममा लागेका छन ।

 

दाङको घोराहीमा जागिर खाइरहनु भएका कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहपुरबिर्ता निवासी जल तथा मौसम बिज्ञान कार्यालय घोराही दांगका मौसम इन्चार्ज अखलेश चौरसियाले ८ बिपन्न घरपरिवारलाई चामल, दाल, तेल, नुन र साबुन सहयोग गर्नु भएको छ।

बीरगंज महानगरपालिकाको वडा नं २३ को सबैठवामा  अखिल नेपाल किसान महासंघका बीरगंज महानगर अध्यक्ष अमल यादवले भकारी बाट झिकेर आफना गाउँ छिमेकका श्रमजीवी कृषि मजदुरलाई २० किलो धान राहत स्वरुप बितरण गर्नु भएको छ । यो सामाजिक परम्परा पनि हो जसलाई समाजमा मनकारी मान्छेहरुले अहिले पनि जीवीत राखेका छन । 

 


राहत लिने आम प्रवृति ठिक छैन । राहत कसलाई आवश्यक छ भनेर छान्ने संयन्त्रमा बस्नेहरु पनि इमान्दार छैनन । यस्तो समाजमा मा मानवता हुनुको अर्थ र मर्मलाई जीवन्त बनाउने केही सामाजिक मनकारी ब्यक्तिहरु साच्चै नै सलाम योग्य छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.