logo

प्रदेश २ मा थप दुई पिसीआर मेशिन तथा पचास भेन्टिलेटर जडानको निर्देशन

      4/2/2020 गते 00 00 मा प्रकाशित     1139   पटक पढिएको

बीरगंज २० चैत ।कोरोना भाइरसको संक्रमण रोक्नकालागि प्रदेश २ को सरकारले मुख्यमंत्रीको नेतृत्वमा बनाएको निर्देशक समितिले प्रदेशका २ अस्पतालमा कोरोना भाइरस परिक्षण गर्ने पिसिआर थप्न निर्देशन दिएको छ । 

 


आजबाट प्रदेश नं २ मा संघीय सरकारले उपलब्ध गराएको पिसीआर मेशीन माफर्त कोराना भाइरसको परिक्षण हुने भएको छ । थ्रोट स्वाब परिक्षण शुरु भएकै दिन मुख्यमंत्री राउतकै नेतृत्वमा रहेको समितिले नरायणी उपक्षेत्रीय अस्पताल र बीरगंज र राजबिराजमा पिसीआर मेशिन जडान गर्न निर्देशन दिएको हो ।

 

यो निर्देशन सम्बन्धीत मंत्रालय र कार्यकारी समितिलाई दिइएको हो । सम्बन्धीत मंत्रालय भएको प्रदेशको सामाजिक बिकास मंत्रालय हो । प्रदेश मुख्यसचिवको नेतृत्वमा सबै मंत्रालयका सचिव रहेको समितिलाई कार्यकारी समिति भनिएको छ ।

 

मंत्रीपरिषदले निर्णय गरेर दिएपछि आर्थिक प्रक्रिया मिलाएर सम्पूर्ण रुपमा काम गर्न इजाजत दिइएकोले कायकारी समिति भएिको हो । कार्यकारी समिति र समबन्धीत मंत्रालयलाई तीन दिन पिसीआर र भेन्लिेटरको जडानको काम गरिसक्न आजको बैठकले निर्देशन दिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेशभरिमा ५० वटा भेन्टिलेटर  थप्न निर्देशन पनि  दिएको छ ।

निर्देशक समितिले दिएको निर्देशन अनुसार प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा १० र अन्य जिल्ला अस्पतालहरुमा ५ ÷५ भेन्टिलेटर थप गरिने छ  । 


भेन्टिलेटर र पिसिआर खरिद प्रक्रिया तत्काल शुरु गर्न समेत निर्देशन दिइएको छ ।निर्देशन समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्था बारे जानकारी गराएका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.