logo

बिरामीको उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्ने बीरगंज महानगरको चेतावनी

      3/31/2020 गते 00 00 मा प्रकाशित     3286   पटक पढिएको

वीरगन्ज १८ चैत । बिरामीको उपचार गर्न नमान्ने बीरगंजका निजी अस्पतालहरुलाई बीरगंज महानगरले कारवही गर्ने चेतावनी दिएको छ ।

बीरगंज महानगरपालिकामा आज सम्पन्न कार्यपालिकाको बैठकले नै यस्तो चेतावनी दिएको हो । उपचार दिन नमान्ने अस्पताललाई स्पष्टीकरण सोध्ने,नविकरण रोक्ने र इजाजत नै खारेज गर्न सक्ने अधिकार महानगरपालिकालाई छ ।

 

महानगरले उपचार नपाएका बिरामीलाई निवेदन दिन आग्रह गर्दै त्यसमा कारवाही गर्ने  निर्णय गरेको कार्यपालिका सदस्य अरविन्द गुप्ताले जानकारी दिनु भयो । 


कोरोना भाइरसको संक्रमणका बिषयमा कार्यपालिकामा पहिलो पटक छलफल भएको बताउदै नेपाली कांग्रेसका नेता समेत रहेका गुप्ताले अस्पतालहरुले गरेको अमानीय ब्यवहारले मावताको मर्ममाथि प्रहार गरेको बताउनु भयो । 


कार्यपालिकाको बैठकले राहत बितरणका बिषयमा पनि छलफल गरेको छ । दैनीक ज्यालादारीमा जीवन चलाउनेहरु लकडाउनका कारण प्रभावित भएको भन्दै महानगरले राहत बितरण शुरु गरेको थियो । तर राहत बितरणको क्रममा हुने खाने सुविधा सम्पन्न मान्छेहरु नै राहत लिन अग्रसर भएपछि माहानगरले राहत बितरणलाई स्थगीत गरेको थियो ।

 

जसको चुल्हो बलेको छैन महानगरले राहत त्यस्ता ब्यक्तिहरुलाई दिने तयारी गरेको थियो तर राहत लिने बेलामा निर्लज्ज रुपमा हुनेखानेहरु अगाडि आएपछि राहत बितरण नै प्रभावित भएको थियो ।

 

कार्यपालिकाको आजको बैठकले चुल्हो नवलेका गरिव मान्छेहरुलाई मात्र राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यसको लागि सबै वडामा वडाध्यक्षको संयोकत्वमा सर्वदलीय संयन्त्र बनाएर त्यसका माध्यमले आवश्यक ब्यक्तिहरुको तथ्याकं संकलन गरि राहत बितरण गर्ने निर्णय गरिएको छ ।


कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि महानगरले छुट्ट्याएको बिपद सम्बन्धी कोषमा महानगरका प्रमुखको एक वर्षको तलव,जनप्रतिनिधिहरुको एक महिनाको तलव र छैठौ तह सम्मका कर्मचारीहरुको पाँच दिनको तलव बिपद ब्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको गुप्ताले बताउनु भयो ।

 


बैठकमा महानगर प्रमुख सरावगीले कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा महानगरले अहिले सम्म गरेको कामका बिषयमा जानकारी गराउनु भएको थियो । राहतकालागि खाद्य समाग्री मौज्दात रहेको भन्दै उहाँले आवश्यक पर्दा थप समाग्रीको जाहो गरिने बताउनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.