logo

नेपालमा कोरोनाको संक्रमण पहिलो चरणमा , सचेतना जगाउन सेना पनि निस्कने 

      3/30/2020 गते 00 00 मा प्रकाशित     1043   पटक पढिएको

बीरगंज १७ चैत ।
जिल्ला बिपद ब्यवस्थापन समितिको सोमवार बीरगंजमा बसेको बैठकले लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।

 

त्यसकोलागि कम भन्दा कम आवत जावत गर्ने र त्यस सम्बन्धमा नेपाल सरकारले गरेको सबै आदेशरुको पूर्ण कार्यान्वयन गर्ने निर्णय भएको समितिका सदस्य सचिव ललितकुमार बस्नेतले जानकारी दिनु भयो । नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेना समेतको संयुक्त टोलीले लकडाउनको प्रभावकारिताकालागि जनचेतना जगाउने छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षता भएको बैठकमा  नेपाली सेनाका सहायक रथी अनुपजंग थापाले कोरोना संक्रमणको सन्दर्भमा बिशेष प्रकाश पार्नु भएको थियो ।

 

स्थानीय सरकारका प्रमुखहरु सामाजिक संघ संस्था र राजनीतिक दलका प्रमुखहरुको सहभागिता रहेको सो बैठकमा सहायक रथी थापाले नेपाल कोरोना भाइरस संक्रमणको पहिलो चरणमा रहेको बताउनु भएको थियो ।

 

संसारमा कोरोना भाइरसको संक्रमण स्पेन र इटालीमा भएको क्षती र भोग्नु परेका सामाजिक पीडाको दुश्य सहितको प्रस्तुतीले सबैलाई सोचमग्न बनाएको थियो ।

 

नेपाल पहिलो चरणमा रहेको चर्चा गर्दै रथी थापाले यही बेलामा कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न नेपालीले सक्ने र त्यसको लागि पूर्ण रुपमा लकडाउनको पालना गर्नु पर्ने बताउनु भयो । सामाजिक रुपमा दुरी कायम राख्ने र संक्रमणलाई फैलीन नदिन सावधानी अपनाउदा सम्म कोराना भाइरसको संक्रमण नियन्त्रणमा छ भन्न सकिन्छ उहाँले भन्नुभयो “तर संक्रमीत एक ब्यक्तिबाट अर्कोमा गयो भने त्यसले सामुदायीक सत्रमा संक्रमण फैलीन्छ र नेपाल जस्तो गरिब मुलुकले त्यसलाई कुनै पनि हालतमा नियन्त्रण गर्न सक्ने अवस्था रहदैन” ।

 

 
तर सामाजिक दुरीलाई कायम राख्न अपनाउनु पर्ने सावधानीका बिषयमा स्थानीय सरकार र स्थानीय प्रशासनकावीचमा एकमत कायम हुन सकेको छैन ।

 

 त्यसमाथि लकडाउनमा सुविधा सम्मन्न कोठामा बसेर साँसद र नेताहरुले यो नगर त्यो नगर भनेर जारी गर्ने बिज्ञप्तिहरुले पनि नागरिकमा अन्यौलता सृजना गरेको छ । यस्तो परिवेशमा सम्पन्न बैठकले लकडाउनलाई प्रभावकारी बनाउन लिएको निर्णय कसरी परिपालना हुन्छ त्यो भने हेर्न बाकी छ । 


बैठकले  बिदेशबाट आएका नागरिकको पहिचान गरि उनीहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीय निकायहरुले जिम्मेवारी लिने गरि निर्णय गरेको छ ।

 

बैठकले कोरोना भाइरसको संक्रमणको परिक्षण बीरगंजमा गर्नु पर्ने ठहर गर्दै त्यसकोलागि केन्द्र सरकारसंग पहल गर्ने  निर्णय गरेको छ । बीरगंजमा नेपाल आर्युवेद मेडिकल कलेज र सिद्धार्थ माध्यामिक बिद्यालयमा गरि १ सय बेडको क्वारेन्टाइन तयारी अवस्था रहेको र त्यसलाई सुविधा सम्पन्न बनाउने निर्णय गरेको छ ।

 

आजको बैठकमा  आइसोलेशन वार्डलाई पिपीई सहितको सुविधा सम्पन्न बनाउने निर्णय त भएको छ । तर बिरामीको उपचार नगरि फर्काउने घटना बाहिर आएपछि नेशनल मेडिकल कलेजको आइसोलेशन वार्ड के हुन्छ भन्ने बिषयमा अन्यैेलता बढेको छ ।  

 

प्रदेश सरकारको आन्तरिक मामिला मंत्रालयबाट आएको ५० लाख रुपैयाको बारेमा बैठकमा जानकारी गराउनकासाथै त्यसको खर्च कोरोना भाइरस नियन्त्रणकालागि आवश्यक समाग्री र उपकरण खरिदमा खर्च गर्ने निर्णय भएको छ ।


राहत बितरणलाई ब्यवस्थित र बैज्ञानिक बनाउन एकद्वार प्रणालीमा ल्याउने निर्णय भएको समितिका सदश्स्य सचिव बस्नेतले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.