logo

पटेर्वामा क्वारेन्टाइन तयार,बिदेशबाट आउनेहरु निगरानीमा,खाद्य सामग्री तयारी अवस्थामा

      3/30/2020 गते 00 00 मा प्रकाशित     1851   पटक पढिएको

बीरगंज १७ चैत । पर्साको पटेर्वा सुगौली गाउँ पालिकाले १०  बेडको क्वारेनटाईन  तयार भएको जनाएको छ ।

 

पालिकाको वडा नं २ गादीको लक्ष्मीपुरमा रहेको श्री नेपाल राष्ट्रीय आधारचभूत बिद्यालयमा ५ बेडको र श्री नेपाल राष्ट्रीय माध्यामिक बिद्यालय निचुटामा ५ बेडको क्वारेन्टाइन तयार भएको पालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताउनु भयो । 

क्वारेन्टाइनमा रहने ब्यक्तिहरुकालागि खाना,खाजा पानी अलग शौचालय र स्वास्थ्यकर्मीहरुको निगरानी प्राप्त हुने वडा नं २ का वडाध्यक्ष बिजग गैरेले बताउनु भयो । 

 

 बिश्वब्यापी रुपमा महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रकोप बढदै गईरहेकोले पालिकाले पूर्व तयारीको रुपमा १० बेडको क्वारेनटाईन तयार गरेको अध्यक्ष चौधरीको भनाई छ

। 

 लकडाउनका कारण श्रम गरेर खानेहरुका अप्ठयारो प्रति पनि ध्यानआकर्षण भएकोले प्रत्येक वडामा सिमांकृतहरुको समुदायको तथ्याकं संकल्न भईरहेको र केही दिनमै राहत सामग्रीहरु बितरण गर्ने चौधरीले बताउनु भयो । पालिकाले खाद्य सामाग्री तयारी अवस्थामा राखेको छ ।

 

पालिकाले उपलब्ध गराउने राहतमा गाउँघरका हुने खानोहरुले  पनि आश गरेकोले दैनीक ज्यालामा बाच्ने सीमान्तकृत नागरिकलाई राहत पुर्याउन चुनौती खडा भएको छ ।  

 

पटेर्वा सुगौलीमा पालिकाले बिदेश बसेर आएका नागरिकको बारेमा समेत निगरानी राखेको वडा नं २ मा चार जना बिदेशबाट आएका नागरिक सेल्फ क्वारेन्टाइनमा रहेको वडाध्यक्ष गैरेले बताउनु भयो । क्वारेन्टाइनमा रहेकाहरुलाई स्वास्थ्यकर्मीले समय समयमा चेकअप गर्ने गरेको उहाँले बताउनु भयो । 

पालिकामा कुनै किसिम्मको सरसमानको आपुर्तीमा कमी हुननदिने पालिकाले तयारी गरेको छ ।  बिदेश बाट आउनेहरुको निगरानी राख्न हरेक वडामा जनप्रतिनिधिहरुलाई निर्देश गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.