logo

पछिल्लो २४ घण्टामा नेपालमा कोही संक्रमीत फेला परेनन,सबै मृत्युलाई कोरोनासंग नजोडन मंत्रालयको आग्रह

      3/30/2020 गते 00 00 मा प्रकाशित     985   पटक पढिएको

बीरगंज ३ चैत ।  कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको  नमूना परीक्षण गरिएको थियो। 

हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ जना श‌ंकास्पद बिरामीमा पनि कोरोना देखिएको छैन।

कोरोनाको आशंकामा काठमाडौंमा ७ जना आइसोलेसनमा छन्। तीन वटा अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्। बीरगंजको नारायणी अस्पतालमा ३ जना छन । उनीहरु कतार एयरवेजको उडान बाट चैत ४ गते नेपाल आएका थिए । उनीहरुको स्वासथ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो । १४ दिन पुगे पछि उनीहरुलाई डिस्चार्ज गरिने उहाँले जानकारी दिनु भयो ।

यसैवीच अस्पतालमा हुने सबै मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त आग्रह गर्नु भएको हो। स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा बोल्दै कार्कीले अस्पतालमा हुने सबै मृत्युलाई कोरोनाकै आशंका गर्दा समाजमा भय पैदा भएको भन्दै यस्तो नगरिदन आग्रह गर्नु भयो । 

उहााले  कोरोना लाग्दैमा मरिहालिन्छ भन्दै गाउँघरमा विदेशबाट आएकाहरुलाई अवहेलना गर्ने गरेको कल सेन्टरमा थुप्रै  सूचना आएको बताउनु  भयो । 

कार्कीले एक अध्ययनका अनुसार कोरोना लागेका व्यक्तिको थुकको छिटाबाट सजिलै भाइरस सर्ने हुँदा एक मिटरको दुरी कायम गरेर सचेत भएर बस्ने तर उनीहरुलाई बहिष्कार गर्न नहुने बताउनु भयो  । उहााले भन्नु भयो , ‘रोग विरुद्ध लडौं व्यक्ति विरुद्ध हैन्।’  कोरोना विरुद्ध लड्न लकडाउन उत्कृष्ट उपाय भएकाले यसलाई सबैले पालना गर्न पनि उहाँले अपिल गर्नु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.